फाइल तस्वीर
काठमाडाैं– आज (आइतबार) राष्ट्रियसभाको बैठक बस्दै छ। बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छसचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने जनाइएको छ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।