काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट नेता–कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको आरोप लगाएका छन्।
विभिन्न घटकमा विभाजित कम्युनिस्ट नेता कार्यकर्तालाई अब नयाँ विचारसहित समाजवादी ध्रुवीकरणमा लाग्नसमेत भट्टराईले आग्रह गरेका छन्।
‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो?’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।