काठमाडौं– नेपाली गायन रियालिटी सो भ्वाइस अफ नेपालको तेस्रो संस्करणको उपाधि किरण गजमेरले हात पारेका छन्।
शनिबार राति सम्पन्न कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन्।
कार्यक्रमको फाइनलमा उनीसँगै तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङ पुगेका थिए।
उपाधिसँगै किरणले २५ लाख रुपैयाँसमेत जितेका छन् । उनी गायक प्रमोद खरेलको टिममा थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।