काठमाडौं- नेकपा एमालेले आइतबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
बैठक सोमबारसम्मका स्थगित भएको हो। अध्यक्ष केपी शर्मा ओलीले विधान अधिवेशनको तयारीका लागि भन्दै आइतबारको बैठक बोलाएका थिए।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आइतबारको बैठक रोक्न औपचारिक रुपमै आग्रह गरेको थियो। नेपालपक्षका नेताहरुले आइतबारको बैठकलाई डेडलाइनका रुपमा लिइएको र त्यो बैठकबाट हुने निर्णयलाई आधार मानेर आफ्ना अगाडिका कदम तय गरिने बताएका थिए।
एमालेमा भइरहेको एकता पहललाई ध्यानमा राखेर आइतबारको बैठक स्थगन गरिएको बताइएको छ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सोमबार दिउँसो ३ बजे बस्नेगरी आइतबारको बैठक स्थगित भएको बताए। यसअघि आइतबार बिहान ११ बजे बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।