काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।
पार्टीको विवादमा उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर पक्षले जिल्लागत कार्यकर्ता भेला आयोजना गरेको हो।
शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा भेला आयोजना गरिएको छ। भेलामा ठाकुर पक्षका शीर्ष नेताले सम्बोधन गरेका थिए।
झापामा केशव झा, सन्तोष मेहता; धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृषेश चन्द्र लाल, पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बिमल श्रीवास्तव र कैलालीमा चन्द्रकान्त चौधरी ,राजकुमार लेखी, दानबहादुर विश्वकर्मालगायतले सम्बोधन गरेका थिए।
झापामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै केशव झाले उत्पीडित जातजाति र समुदायको सम्पूर्ण समस्याको समाधानको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अहिलेको आफूहरूको मुख्य अभिभारा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।