काठमाडौं- गीतसंगीत डिजिटलाइज भएसँगै नेपाली गीतको चासो अन्तर्राष्ट्रिय जगतमा पनि बढिरहेको छ। यसैको उदाहरण हो, गायक लक्की सिद्दुले गाएको टुङ्गुनाको धुनमा गीतको कभर।
यसअघि फुलबुट्टे सारीको कभर गाएर नेपाली श्रोता दर्शकमाझ परिचित बनेका लक्कीले अहिले टुङ्गुनाको धुनमा बोलको कभर पनि गाएका हुन्।
२०५२ सालमा बनेको ‘रहर’ फिल्ममा समावेश यो गीतलाई त्यो समयमा इन्द्रजित मिजारले गाएका थिए। तर, फ्रेन्चाइज गायन रियालिटी शो भोइस अफ नेपालमा आर्यान तामाङले गाएपछि फेरि चर्चामा आएको थियो।
यही गीतलाई अहिले भारतीय गायक लक्की सिद्दुले गाएका हुन्। उनले कभर गीतको भिडियो पनि बनाएका छन्। भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुंगेल, गेम्मा र ग्रातसीएलाको अभिनय छ। जीएनएस जोन्नीले भिडियोको निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।