लिबाङ– ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित वृहत साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ।
प्रतियोगितामा लमजुङका प्रज्ज्वल अधिकारीको ‘आऊ साइँला एकैछिन भलाकुसारी गरम्’ शीर्षकको कविता प्रथम, अछामका लक्ष्मण सङ्गमको ‘म त मूर्ख रहेछु’ कविता द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’को ‘देश हराएको सूचना’ तृतीय तथा सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘समृद्धिको सपना’ र काठमाडौँका अमि प्रिन्सको ‘बेपत्ता चप्पल’ ले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रतियोगितामा वियोगी बुढाथोकी, उत्तमकृष्ण मजगैयाँ र केशव सुवेदी निर्णायक रहेका थिए। प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्धितीयलाई २५ हजार, तृतीयलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक डिबी टुहुरोले जानकारी दिए।
जिल्लामा क्रियाशिल विभिन्न साहित्यिक संघसंस्थाको संयोजन तथा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको ३ दिने सो सम्मेलन आज रोल्पाको सातदोबाटोमा सम्पन्न हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।