काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा पठाउने मन्त्रीहरुको नामका विषयमा टुंगो लगाउनेबारे छलफल हुने जनाइएको छ।
माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागी भएपनि अन्यको बारेमा भने टुंगो लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।