काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल पक्षको नुवाकोट जिल्ला कमिटीले एक पक्षीय रुपमा गरिएका भेला बैठकहरु आधिकारिक नभएको भन्दै सहभागी नहुन पार्टी नेता कार्यकर्तालाई आह्वान गरेको छ।
जिल्ला कमिटी अध्यक्ष नारायणप्रसाद खतिवडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १० बुँदे सहमतिमा उल्लेख भएको ०७५ जेठ २ गते पूर्वका सबै तहका कमिटीहरुलाई सञ्चालनमा ल्याउने विषय पार्टीले अनुमोदन गरेकोले त्यस अनुरुप अघि बढ्न आग्रह गरेका हुन्।
२०७५ जेठ २ पश्चात गठन भएका कमिटीहरुका भेला बैठकहरु जिल्लामा आयोजना भै रहेको भन्ने सूचना प्राप्त भएका भन्दै उनले यसरी एक पक्षीय रुपमा गरिएका भेला बैठकहरुमा सहभागी नहुन अपिल गरेका हुन्।
त्यस्ता भेला बैठकहरुमा सहभागी हुनु भनेको एकताको भावनाविरुद्ध हुने भएकाले सहभागी नभएर पार्टी एकताको पक्षमा उभिन पूर्ववत संगठनहरु/कमिटीहरुमा संगठित नेता कार्यकर्तामा उनले आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।