• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

सातौँ शताब्दीमा सुरु भएको पौभाकला अहिले संकटमा

64x64
ज्ञानेन्द्र विवश शनिबार, साउन २३, २०७८  १३:५१
1140x725
आनन्दमुनि शाक्यको लोकेश्वर (बायाँ) र सम्भार पौवाचित्र।

कुनै समय अमेरिका पुर्‍याइएको एउटा पौभाकलामाथि २०६९ सालमा न्यूयोर्कमा लिलाम बढाबढ भयो। पछि, उक्त चित्र नेपालबाट हराएको खुल्यो। त्यो चित्र ८०० वर्ष पुरानो थियो। यो समाचारले निकै सनसनी मच्चाएको थियो।

आज परम्परावादी शास्त्रीय नेपाली पौभाकलाको विकास क्रममा जति पनि प्राचीन शैलीका अनुपम पौभाचित्र लेखिए, ती धेरैजसो नेपालको भूमिबाट हराइसके। अन्वेषक मीनबहादुर शाक्यले लेखेको ‘सेकर्ड आर्ट अफ नेपाल’ नाम पुस्तकमा नेपालबाट हराएका दुर्लभ कलाकृतिबारे विवरण दिइएको छ। सो पुस्तकका अनुसार बुद्ध धर्म र दर्शनमा आधारित सत्रौँ शताब्दीअघिका आठवटा पुराना ऐतिहासिक महत्त्वका नेपाली पौभाकलाहरु युरोप र अमेरिकाका सङ्ग्रहालयमा छन्।

अग्रज कलाकार तथा कला अनुसन्धाता लैनसिंह बाङ्देलले लेखेको ‘स्टोलन इमेजेज अफ नेपाल’ किताबले नेपालबाट हराएर विदेश पुगेका कतिपय दुर्लभ मूर्तिहरु स्वदेश फर्किएका घटना पनि हामीकहाँ छन्। बाङ्देलको अर्को किताब ‘प्राचीन नेपाली चित्रकला’ मा नेपाली पौभाकलाको ऐतिहासिक महत्व, यस कलाको विशेषता आदिमा अनुसन्धानमूलक विचारहरु समाविष्ट छन्। यसले पौभाकलाको गौरवमय अतीतलाई सम्झाउँदै हाम्रो मातृभूमि नेपाल कला र संस्कृतिले अनुपम रहेको तथ्यलाई सारगर्भित रुपमा वर्णन गरिएको छ। 

ज्ञानेन्द्र विवश

बाङ्देलको अध्ययनअनुसार नेपाली पौभाकलाको पृष्ठभूमिमा केही खोजी गर्दा मूलतः ग्रन्थचित्रको अवलोकनबाट धेरै प्राचीन तथ्यहरु सहजै फेला पर्छन्। हाम्रा प्राचीन ग्रन्थचित्रहरु यति मूल्यवान छन् कि तिनमा हाम्रा कला, संस्कृति, सभ्यता र विकासका चरणहरुको सिलसिलालाई नियाल्न सक्छौँ। यिनैमा परम्परागत नेपाली पौभाकलाको विगत इतिहासलाई पनि सहजै भेट्न सकिन्छ।

नेपाली पौभाकलाको इतिहासमा ‘विष्णुमण्डल’ शीर्षकको पौभाचित्र निकै प्राचीन मानिन्छ। यो चित्र वि.सं. १४७७ मा निर्माण गरिएको कलाको पुनर्लेखन कलाकार लोक चित्रकारले गरेका छन्। इतिहासमा उल्लेख भएअनुसार अनन्त व्रत गर्न जयतेज पुंलाई लेख्न लगाइएको यो पौभाचित्र नेपाली कला इतिहासको अत्यन्त महत्वपूर्ण प्रमाण मानिन्छ।

‘रत्न सम्भव’, ‘अमिताभ’, ‘बोधिसत्व अवलोकितेश्वर’, ‘हरित तारा’, ‘चन्द्रमण्डल’, ‘सूर्यमण्डल’, ‘विष्णुमण्डल’, ‘बज्रधर’, ‘चक्रसम्भर मण्डल’ आदि बौद्ध धर्मदर्शनमा आधारित नेपाली कला इतिहासको अभिलेखमा उल्लेख भएका केही महत्वपूर्ण प्राचीन पौभाचित्रहरु हुन्।

लोक चित्रकारको पौभाचित्र विष्णुमन्डल।

कतिपय अभिलेखहरुमा उल्लेख भएको र अनुसन्धाताहरुको भनाइअनुसार नेपाली पौभाकलाको प्राचीन कला इ.सं. ११औँ शताब्दीमा लेखिएको हो। हाल क्याम्ब्रिज विश्वविद्यालयको पुरस्तकालयमा रहेको ‘सहस्रिका प्रज्ञापारमिता’ ग्रन्थचित्रलाई नेपालमा ग्रन्थचित्र लेख्ने लामो परम्पराको पछिल्लो प्रमाणित नमूना भन्न सकिन्छ। कूषाण राजा कनिष्कका समकालीन चिनियाँ मिङ राजवंशका सम्राट मिङले बुद्धको चित्र लेख्न लगाएको इतिहासकार फान यानले वर्णन गरेका छन्।

परम्परागत बौद्ध चित्रबारे सम्भवतः यो नै अहिलेसम्मको पुरानो आधिकारिक जानकारी हो। नेपालमा हिन्दू र बौद्ध चित्रकलाको प्राचीन परम्परा थियो। यो कुरा चिनिया यात्रीहरुका यात्रा वर्णन, लिच्छिविकालीन अभिलेख र नेपालबाट नालन्दा, विक्रमशीला र तक्षशीला बौद्ध विश्वविद्यालय पुगेका नेपाली कलाकारहरुका यात्रा संस्मरणले पुष्टि गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अग्रज दिवङ्गत कलाकारहरु जसले नेपाली कलाको मौलिक पहिचान बचाएका छन्। ती नाम हुन्– बखतमान चित्रकार, आनन्दमुनि शाक्य, माणिकमान चित्रकार, पृथ्वीमान चित्रकार, धनबहादुर चित्रकार, कृष्णबहादुर चित्रकार, विष्णुबहादुर चित्रकार, सिद्धिमुनि शाक्य, मदनलालसिंह सुवाल, अमीरमान चित्रकार, प्रेममान चित्रकार, ज्ञानकर बज्राचार्य, दीपककुमार जोशी। समकालीन पुस्ताका सिर्जनशील कलाकारका कलारचनाबाट पौभाचित्रको उन्नतिमा ठूलो टेवा पुगेको छ। शास्त्रीय मान्यतालाई आत्मसात् गरी काम गर्ने केही कलाकारहरु कृष्णराम चित्रकार, सूर्यबहादुर चित्रकार, मुक्तिसिंह थापा, लोक चित्रकार, न्हुच्छेकाजी बज्राचार्य, पूर्णप्रसाद ह्योजु, सुदर्शन सुवाल, उदयचरण श्रेष्ठ, रत्नगोपाल सिंख्वाल, सुरेन्द्रमान शाक्य, समुद्रमानसिंह श्रेष्ठ, देवेन्द्रमान सिंखवाल, सुन्दर सिंख्वाल, विजय सर्ग ज्यापू, शङ्करकुमार जोशी, उजय बज्राचार्य आदि हुन्। यी कलाकारहरु अहिलेको पुस्ताका सशक्त सर्जक पनि हुन्।

परम्परागत पौभाचित्र निकै प्राचीन कला हो। सातौँ शताब्दीअगाडि नै पौभाचित्र प्रचलनमा आएको मानिन्छ। उपत्यकाका नेवार समुदायबाट प्रादुर्भाव भएको मानिने यो कलालाई सौन्दर्य र सिर्जनाका हिसाबले उच्च मौलिक कलाका रुपमा समेत लिइने गरिएको छ। परम्परागत पौभाकला भनेको शास्त्रीय कला पनि हो। आज शास्त्रीय कलामा कमी आउँदै गए पनि यसको उत्कृष्टता कायम छ। यसले बौद्ध र हिन्दू धर्मदर्शनका शाश्वत पक्षहरुलाई चित्रका माध्यमबाट व्याख्या गर्छ।

सुदर्शन सुवालको रत्नसम्भव।

पौभाकलामा मुख्य देवी वा देवता चित्रफलकको केन्द्रभूमिमा आकृतिबद्ध गरिएको हुन्छ। त्यसपछि तिनका बाहन तथा अन्य देवगणहरु वरपर चित्रित हुन्छन्। आकृतिहरुका मुलायम र सुन्दरता, अनेकौँ फूलबुट्टा, लतालहरा तथा प्राकृतिक परिवेशको पृष्ठभूमिमा पौभाचित्र बनाइन्छ। प्रायः पौभाचित्रको विषय देवी वा देवताका आकृति हुने गर्छन्, त्यसमा पनि बुद्धदर्शन वा बुद्ध धर्ममा आधारित चित्रहरु बनाउने परम्परा रहिआएको छ।

त्यसैगरी यसले मानव समाजलाई लोभ, मोह, रीस, राग आदि जस्ता दुर्गुणहरु त्यागेर शान्ति, सद्भाव, प्रेमको भावना जगाउँदै बुद्धत्वको मार्गमा हिँड्न प्रेरित गर्छ भन्ने मान्यता छ। विधि पुर्‍याएर र साधना गरेर मात्र पौभाकला सिर्जना गरिन्छ। पौभाचित्रको रचनामा प्राकृतिक रङ अर्थात् खनिज तथा बिरुवाबाट निकालिएका प्राकृतिक रङहरुको प्रयोग गरिन्छ। हिमाली क्षेत्रमा पाइने रङ्गीन ढुङ्गालाई धुलो बनाएर निकाली रङ बनाइन्छ। यसरी बनाइएको रङ पक्का र मौलिक हुन्छ। त्यसबाट बनाइएका चित्रमा रङहरुको ताजापन वर्षौसम्म रहिरहन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली पौभाकलाको शताब्दीअघिबाटै आफ्नो विशिष्ट स्थान छ। हेबज्रतन्त्रमा पौभाकलाको विशेषता, महत्व र आवश्यकताका विविध पक्षमा सविस्तार चर्चा गरिएको पाइन्छ। हेबज्रतन्त्रको कथनअनुसार नेपालको पौभाचित्र लेखनको परम्परा तिबबती वा सो सरहका पद्धतिको थाङ्का चित्रको परम्पराभन्दा पुरानो छ। यसप्रकारको नेपाली परम्पराको पौभाचित्रलाई तिब्बत पुर्‍याउनेमा प्रमुख भूमिका निर्वाह गर्ने कलाकार राष्ट्रिय विभूति अरनिको नै हुन्।

विभिन्न अध्ययन तथा यस विधाका अग्रज कलाकारहरुको भनाइअनुसार सत्रौँ शताब्दीको अन्त्यतिर मल्लकाल सकिनुअघि नै पौभाकलाको परम्परामा सङ्कट उत्पन्न भएको थियो। त्यसपछि नै पौभाकलाले उपत्यकाबाट तिब्बतसम्म आफ्नो छुट्टै स्थान बनाएको थियो। यहाँनिर विचारणीय कुरा यो पनि छ कि, तिब्बतमा बनाइने हिमाली बौद्धकला वा थाङ्काको प्रादुर्भाव यही पौभाकलाबाट भएको हो भन्ने धेरै विज्ञहरुको मत छ। समय र राज्यसत्तामा आएको परिवर्तनसँगै पौभाकलामा पनि बिस्तारै सङ्कट र समस्या आयो।

सूर्यमन्डल

शताब्दी पुरुष सत्यमोहन जोशी पौभाचित्रले नेपाली मौलिक विशेषता बोक्ने बताउँछन्। उनले भनेका छन्– ‘नेपाली चित्रकलाको विकास क्रममा आफ्नै मौलिकता र विषयवस्तुको विशेषता तथा नेपालको राष्ट्रिय पहिचान भएका परम्परागत शैलीमा काम गर्ने कलाकारहरुबाट निर्मित पौभाकलाको आफ्नै अलग्ग धारको उल्लेखनीय भूमिका छ। अझ गहिरिएर हेर्दा यस कलामा अन्तर्निहित दार्शनिक पक्ष उत्तिकै रहस्यमय छ।’ वास्तवमा पौभाकला हाम्रो नेपालको मौलिक कला हो। यस कलामा प्रस्तुत हुँदै आएका शिल्पसौन्दर्य र कलात्मक रुपविन्यास नेपाली भूमिको शाश्वत सिर्जना हुन्। 

पौभाकलाका अग्रजले पुस्ताले बनाएको पृष्ठभूमिमा आज यसै विधामा जीवनयापन गरिरहेका कलाकारहरुले यसको पुख्र्याैली मौलिकता, मूल्यमान्यता, महत्त्व र आवश्यकतालाई बचाएर ल्याएका छन्। पौभाको आध्यात्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि, कलात्मक अभिव्यक्ति, शास्त्रीय मूल्य–मान्यताहरुलाई यसै विधाका शिल्पदक्ष समर्पित शास्त्रीय मान्यतामा प्रतिबद्ध कलाकारको योगदानले सकारात्मक गति दिँदै आइरहेको छ। 

तर, पौभाको विधिसम्मत् सिर्जनाको महत्व नबुझ्ने मानिसका लागि बजारमा जताततै पाइने थाङ्का चित्रले नै स्थान पाएको छ। यसले गर्दा पौभाकलाको सांस्कृतिक, आध्यात्मिक र शास्त्रीय मान्यतासमेत ओझेलमा पर्ने गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्