काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।
शुक्रबार बुद्धनगरस्थित क्वालिटी व्यांक्वेटमा जारी केन्द्रीय कमिटी बैठकलाई १५ मिनेट स्थगन गरि स्थायी कमिटी बैठक बसिरहेको हो।
बिहीबारबाट सुरु भएको नेपालपक्षको केन्द्रीय कमिटी बैठकमा आज नेताहरुले धारणा राख्नेक्रम सकिएको छ। केन्द्रीय सदस्यहरुले राखेको धारणालाई समेट्ने गरी प्रस्ताव तयार गर्न स्थायी कमिटी बैठक बसिरहेको हो।
स्थायी कमिटी बैठक सकिएपछि पुन: केन्द्रीय कमिटी बस्ने छ। त्यसपछि स्थायी कमिटीका नेताहरुले धारणा राख्ने र अन्त्यमा वरिष्ठ नेता माधवकुमार नेपालले समापन धारणा राख्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।