काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ। बिहीबारबाट राजधानीको क्वालिटी ब्यांक्वेटमा जारी बैठकमा शुक्रबार ३२ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए।
बिहीबार २३ जनाले आफ्नो धारणा राखेका थिए। सबै सदस्यहरुले धारणा राखिसकेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको नेता मेटमणि चौधरीले जानकारी दिए।
अब स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्ने छन्। उनीहरुको धारणा सकिएपछि नेता नेपालले बैठकलाई समापन सम्बोधन गर्नेछन्।
नेपालपक्षको हिजोको बैठकमा ७३ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।