काठमाडौं- एमाले सांसद कोमल वलीले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कुरामा आपत्ति प्रकट गरेकी छन्। उनले संविधान अनुसार चल्नुपर्ने सरकार संविधानले नै नचिनेको संयन्त्र बनाउनेतर्फ लागेको आरोप लगाइन्।
‘अहिले न मन्त्रिपरिषद बन्न सकेको छ। न मन्त्री बनेकाहरु विवादमुक्त भएका छन् ’उनले भनिन् ‘केपी शर्मा ओलीलाई औंला ठड्याउनेहरु कहाँ ब्यस्त हुनुहुन्छ।’संविधान अनुसार नचलेर पृथक बनाएर चलाउन खोज्नु भनेको विधिको निम्ति लडेकोहरुको सल्लाहमा चल्ने कि विधिमा चल्ने? भन्ने प्रश्न भएको उनको भनाइ थियो।
हिजो केपी शर्मा ओली सरकार संविधान अनुसार नचलेको भन्नेहरुले अहिले उच्चस्तरीय संयन्त्र बनाउन खोजेको भन्दै उनले सरकार शुरुवातमै विवादमा रहेको दाबी गरिन्।
उनले भारतले तुइन काटेर नेपालीको हत्या गरेको कुरामा पनि सरकारले प्रतिवाद गर्न नसकेको आरोप लगाइन् । ‘एक मिटर बाँकी रहँदा तुइन काटिएर नेपाली मर्दा बोल्न नसक्ने पार्टीका नेताहरु र सरकारले समिति गठन गरेको जवाफ दिएको छ’ उनले भनिन् ‘समिति गठन टार्नका लागि गरिएको कुरा हो।’
विपी कोइरालाले भारत र चीनसँग समस्या आउँदा तत्काल कुरा उठाएको भन्दै उनले अहिले बोल्न नसकेर कांग्रेसले वीपी को अपमान गरेको बताइन्। उनले इतिहास र स्वाभिमानमाथि अपमान भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।