काठमाडौं– तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्यु भएकाले गाउँपालिकाभरि नै बिदा दिइएको हो।
९६ वर्षको उमेरमा गौतमको बिहीबार निधन भएको शोकमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।
गाउँ कार्यपालिकाको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, शैक्षिक संस्था एवम् गाउँपालिका मातहतका कार्यलहरुमा बिदा दिइएको जनाएको छ। स्वास्थ्य संस्था भने खुल्ने गाउँपालिकाको सूचनामा उल्लेख छ।
गाँउ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा नै उपाध्यक्ष ससुराको शोकमा सार्वजनिक बिदा दिइएको उल्लेख छ।
यसअघि पनि केही गाउँपालिकाले सार्वजनिक बिदाका सन्दर्भमा गरेका निर्णय आलोचित हुँदै आएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।