काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्ने भएको छ।
क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा महाधिवेशन नहुने भएसँगै पौडेलपक्षले जिल्ला सभापतिको भेला बोलाएको हो। महाधिवेशन हुन नसकेको अवस्थामा जिल्ला सभापतिहरुको राय लिन भेला डाकिएको हो।
जिल्ला सभापतिहरुकै सक्रियतामा बैठक डाकिएको बताइएको छ। साउन २५ का लागि बैठक डाकिएको छ। बैठक काठमाडौंमा बस्ने गरि डाकिएको हो।
‘महाधिवेशनका विषयमा छलफल गर्न भेला डाकिएको हो’ नुवाकोट जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले भने,‘हाम्रो पक्षका जिल्ला सभापतिहरुको बैठक निरन्तर बसिरहेको छ। त्यसैको निरन्तरता हो। सकेसम्म बढी जिल्ला सभापति भेला गर्ने योजना छ। काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको सहभागिता अवश्य हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।