काठमाडौं– सत्ताररूढ गठबन्धनको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाएको छ।
कार्यदलको प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएको एक सदस्यले बताए।
गठबन्धनमा आबद्ध पार्टीका नेता, अर्थविद्, कानुनविदलगायतको सुझाव समेटेर प्रतिवेदन तयार पारिएको कार्यदलका सदस्यले बताएका छन्।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।