काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरिरहेको भिडियोप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्री देउवाको नाममा खोलिएको भाइबर ग्रुपमार्फत् ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने’ शीर्षक राखेर विभिन्न भिडियो सार्वजनिक भएको र यसले प्रधानमन्त्रीलाई आलोचित बनाएको नेताहरुको भनाइ छ।
यस्ता क्रियाकलापले प्रधानमन्त्रीलाई झनै आलोचित बनाउने भन्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भिडियोको गाईजात्रा तत्काल बन्द गर्न आग्रह गरेका हुन्।
प्रधानामन्त्री देउवा सधैं देश, जनता र लोकतन्त्रको पक्षमा रहेकाले यस्ता प्रचार आवश्यक नरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।