काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (शुक्रबार) चारवटा जिल्लामा विस्तारित बैठक आयोजना गरेको छ।
ठाकुर समूहले सप्तरी, सिरहा, बारा र महोत्तरीमा विस्तारित बैठकको आयोजना गरेको हो। विस्तारित बैठकमा केन्द्रीय नेता सहभागी हुने भएका छन् ।
सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजिव झाले सम्बोधन गर्नेकार्यक्रम तय भएको जनाइएको छ।
त्यसैगरी, सिरहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन तथा महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले सम्बोधन गर्ने एक नेताले बताए।
वारामा भने लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्षले विस्तारित बैठक आयोजना गर्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।