काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरिरहेको भिडियोप्रति आपत्ति जनाएको छ।
प्रधानमन्त्री देउवाको नाममा खोलिएको भाइबर ग्रुपमार्फत् ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षक राखेर विभिन्न भिडियो सार्वजनिक भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक ट्वीट गर्दै आपत्ति जनाएका हुन्।
‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैंले बनाउने छन्– ‘भिडिओ’, नत्र पार्टीले बनाउला,’ उनले लेखेका छन्, ‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ। ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु।’
उनले ‘खोपदेखि भोटसम्म’को यात्रा र तीन तहको निर्वाचनमार्फत् संविधान कार्यान्वयन अघिल्लो सफलताभन्दा चुनौतीपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्री देउवाले परिणाम राम्रो दिए प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुने उनले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।