काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर आत्मआलोचना गरेपछि मात्रै संवाद हुने बताएका छन्।
बिहीबार आफूपक्षीय केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपालले ओलीले आत्मआलोचना नगरेमा उनलाई भेट्न नै नजाने जिकिर गरेका हुन्।
नेपालले ओली सच्चिएर नआए आफू अगाडि बढ्ने बताएको बैठकमा सहभागी केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए।
‘केपी शर्मा ओली पार्टी एकतामा गम्भीर छैनन्। जब पार्टी एकताका विषयमा छलफल हुनथाल्छ अनेक कुरा गरेर ‘स्टेप’ चाल्छन् या केही बोलेर भाड्छन्,’ चौधरीले नेपाललाई उद्धृत गर्दै भने,‘ त्यही पनि हामी २४ गतेसम्म एकताको प्रयास गर्नुपर्छ। यदी २४ गतेसम्म एकताका लागि प्रयासहरु भएन भने कुनै न कुनै तरिकाले अगाडि बढ्नुपर्छ।’
यस्तै, नेपालले कोरोना संक्रमण पुन बढ्दै जान थालेकाले त्यसमा सरकार गम्भीर भएर लाग्नु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।