• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भूमिश्वरको दाबी– ‘विमलाजीको अपहरणको आरोप झूटो, एमालेलाई कमजोर बनाउने माओवादी खेल’

64x64
नेपाल लाइभ बिहीबार, साउन २१, २०७८  १६:४१
1140x725

काठमाडौं– नेकपा एमालेका लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री ओलीले आफ्नो अपहरण गरिएको भनेर लगाएको आरोप सत्य नभएको बताएका छन्। 

बिहीबार पत्रकार सम्मेलनमार्फत ओलीले एमाले प्रमुख सचेतक ढकाल समेतले आफूलाई अपहरण गरेको र मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप लगाएकी थिइन्। 

तर, ढकालले भने एमाले कमजोर बनाउन अपहरणको आरोप लगाइएको प्रतिक्रिया दिएका छन्। 'यो सबै कुरा राजनीतिक प्रपोगाण्डा हो। एमालेलाई कमजोर बनाउने माओवादीको खेल हो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

ओलीले बिहीबार ढकाल र एमालेका स्थानीय नेता मानबहादुर रावतले साउन १५ गते मुख्यमन्त्री निवास पुर्‍याएको, मुख्यमन्त्री शंकर पोखरेलसँग छलफलपछि त्यहीँ बन्धक बनाइएको आशययुक्त वक्तव्य सार्वजनिक गरेकी छिन्। 'मुख्यमन्त्री पोखरेलसँग भेट भइ छलफल सुरु भयो। फेरि उही दबाब सुरु भयो, नेकपा एमालेमा आउनुपर्‍यो, पहिला हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस्, मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहेँ। साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिइ निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहेँ। साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिइ हस्ताक्षर गराइयो, यति मात्र नभइ अर्को दुई तीनवटा माइनट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो', बिहीबार ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ओलीले साउन २० गते सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेको उल्लेख गरेकी छिन्।

ओलीलाई जबर्जस्ती हस्ताक्षर गर्न नलगाइएको ढकालको भनाइ छ। 'उहाँ सांसद् हो, सांसद्लाई जबर्जस्ती हात समातेर हस्ताक्षर गर्न सकिन्छ र? उहाँले आफैं, राजीखुसीले विज्ञप्ति तयार गरेर, पढेर, हस्ताक्षर गर्नुभएको छ', उनले भने।

ढकालले पार्टीको केन्द्रीय अध्यक्षले स्पष्टीकरण पत्र बोकेर आफू ओलीको घर पुगेको बताए। 'बिहान ८ बजे म गएको हो। तीन घण्टा बसेर कुराकानी गरेपछि उहाँले त्यो स्पष्टीकरण पत्र हेर्नुभयो। त्यसपछि उहाँले यो विषयमा एकपटक मुख्यमन्त्रीसँग बसेर कुरा गर्न चाहन्छु भन्नुभयो। त्यसो भए ठीकै छ भनेर म गएकै गाडीमा उहाँलाई लिएर आयौं। उहाँ मात्रै होइन, उहाँको दिदी र भिनाजुको भाइ पनि सँगै आउनुभएको छ', उनले भने।

मुख्यमन्त्री पोखरेलसँगको छलफलपछि ओली कन्भिन्स भएको उनले बताए। 'त्यसपछि उहाँले नै 'ठीक छ, म माओवादी छाड्छु र एमालेमा फर्किन्छु' भन्नुभयो। सौहार्दपूर्ण वातावरणमा कुरा भयो। उहाँहरुलाई बस्न बाहिर होटलमा पनि व्यवस्थापन गरिएको थियो। तर उहाँले म बाहिर बस्दिनँ, यहीँ (मुख्यमन्त्री निवास) बस्छु भन्नुभयो। त्यसपछि गेस्टको हिसाबले उहाँ, उहाँकी दिदी र भिनाजुको भाइ बस्नुभयो। उहाँसँग मोबाइल थियो। त्यसबाट मान्छेहरुसँग सम्पर्क गर्नुभयो। तर पछि निस्केर हिँड्नुभयो', उनले भने।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा
सम्बन्धित सामग्री
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएक... आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा विवरणमा ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड मूल्यको अर्को घर, काभ्रेको धुलिखेलमा पनि उनको नाममा ३ करोड ७५ लाखको अपार... आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्... आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्