• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

प्रतिगामीहरुको सक्रियता र स्रष्टाहरुको प्रतिवादको भाषा 

64x64
डा. अमर गिरी शनिबार, साउन २३, २०७८  १०:५०
1140x725

नेपालको राजनीतिक एवं सामाजिक–सांस्कृतिक परिवर्तनमा स्रष्टाहरुको महत्त्वपूर्ण योगदान छ। राजनीतिक परिवर्तनका निम्ति राणा शासनको विरोध गर्दा दर्जनौँ स्रष्टा दमनको सिकार भएका थिए। लोकतन्त्रको स्थापना, पुनःस्थापना हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा सयौँ स्रष्टा शारीरिक एवं मानसिक रुपमा प्रताडित भएका छन्। कयौँ स्रष्टाहरुले प्राणको आहुति दिएका छन्। नेपालको इतिहास भनेको परिवर्तनका निम्ति स्रष्टाहरुले सहादत प्राप्त गरेको इतिहास पनि हो। राजनीतिक परिवर्तनमा मात्र होइन, सामाजिक–सांस्कृतिक रुपान्तरणमा पनि उनीहरुको महत्त्वपूर्ण भूमिका छ। 

परिवर्तनका निम्ति संघर्षरत हरेक कालखन्डका स्रष्टाहरुका अगाडि केही यक्ष प्रश्न हुन्छन्। आफू बाँचेको समयमा सार्थक हस्तक्षेपका सन्दर्भमा यस्ता प्रश्नहरु अँध्यारोविरुद्ध संघर्ष र अघिल्तिरको प्रस्थानसँग जोडिएका हुन्छन्। सत्यम्, शिवम् र सुन्दरम्प्रति प्रतिबद्ध स्रष्टाहरुले यी प्रश्नलाई एकातिर पन्छाएर अगाडि बढ्न मिल्दैन। उनीहरुले भौतिक सक्रियता र सिर्जनात्मक जीवन दुवैमा यस्ता प्रश्नहरुको सामना गर्नुपर्छ। 

जीवन र जगत‍्को कलात्मक पुनः सिर्जनाका निम्ति स्रष्टाहरुले सामना गर्नुपर्ने प्रश्नहरु निकै छन्। तर, भौतिक सक्रियताको स्तरमा पनि स्रष्टाहरुले धेरै प्रश्नको सामना गर्नुपर्छ। आखिर स्रष्टा हुनुको अर्थ लेख्नु मात्र होइन, परिवर्तनका स्वप्नहरुलाई साकार पार्न संघर्ष गर्नु पनि हो। परिवर्तनप्रति प्रतिबद्ध दुनियाका सबै स्रष्टाले यस्ता प्रश्नहरुको सामना गरेका छन् र आफू बाँचेको समयमाथि सार्थक हस्तक्षेप गरेका छन्। सिर्जना र आफ्नो आदर्श अनुरुपको समाजको निर्माणका निम्ति संघर्ष गर्नु स्रष्टाहरुको दायित्व हो। आफ्नो समयका यक्ष प्रश्नहरुको सामना उनीहरुले यही दायित्वलाई केन्द्रमा राखेर गर्न सक्नुपर्छ। परिवर्तनका निम्ति संघर्ष गर्दै आएका समकालीन स्रष्टाहरुका अगाडि पनि यस्ता प्रश्न छन्।

राजनीतिक परिर्वनका निम्ति चलेका अघिल्ला आन्दोलनहरुमा जस्तै २०६२–६३ सालको आन्दोलनमा पनि स्रष्टाहरुको महत्त्वपूर्ण योगदान छ। मुलुकभरिका स्रष्टाहरु प्रतिगमनको विरोधमा उभिए र परिवर्तनका निम्ति संघर्ष गरे। आन्दोलन सफल भयो। संघीय लाकतान्त्रिक गणतन्त्रको स्थापना भयो। संविधानसभाबाट संविधान निर्माण गरियो। संविधानसभाबाटै संविधान निर्माण हुनुपर्छ भन्ने नेपाली जनताको २००७ सालदेखिकै माग थियो। जनआन्दोलन र जनयुद्धको बलमा अन्ततः यो माग पूरा भयो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता ऐतिहासिक संघर्ष र बलिदानबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि हुन्। संविधानद्वारा यी उपलब्धिलाई संस्थागत गरिएको छ। बलिदानबाट प्राप्त यिनै उपलब्धिविरुद्ध आज धावा बोलिदैछ। 

पुनरुत्थानवादी शक्तिहरु नेपालमा पुनः राजतन्त्र स्थापना गर्न चाहन्छन्। उनीहरुका लागि राजतन्त्र ‘राष्ट्रिय एकता’को प्रतीक हो। पञ्चायतकालीन यो भाष्य आज पनि उनीहरुका निम्ति उत्तिकै प्रिय छ। समयले राजतन्त्रको महत्त्व अझ स्पष्ट गरेको बताउन उनीहरु थोरै पनि लाज र संकोच मान्दैनन्। जे–जस्ता तर्क गरिए पनि नेपाली समाजको प्रगतिका निम्ति राजतन्त्र सधैँ बाधकका रुपमा रह्यो। राजतन्त्रको लामो इतिहास स्वयम् यसको दृष्टान्त हो। 

राजतन्त्र सामन्तवादको प्रतिनिधि संस्था थियो र नेपाली समाजको अग्रगमनको चाहना विपरीत उभिनु स्वाभाविक थियो। नेपालमा लोकतन्त्रको स्थापना, पुनःस्थापनापछि पनि संवैधानिक रुपमा निर्धारित सीमाभित्र राजतन्त्र कहिल्यै बस्न चाहेन। निर्धारित सीमाभित्र बसेको भए पञ्चायत आउने थिएन। राजा निरंकुश र स्वेच्छाचारी हुने थिएनन्।

पञ्चायती कालखन्ड नेपाली राजनीतिको अँध्यारो कालखन्डको रुपमा रह्यो। यसलाई फाल्न वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरुले तीस वर्ष लामो संघर्ष गर्नुपर्‍यो। पुनःस्थापित लोकतन्त्रलाई मास्ने काम राजा ज्ञानेन्द्रबाट भयो। उनी आफ्ना पिता महेन्द्र हिँडेको बाटोमै हिँड्न चाहे। समय कति बद्लिएको छ र यस्तो कदमको परिणाम के हुन सक्ला भन्ने विषयमा उनी गम्भीर नै हुन सकेनन्।

राजा महेन्द्रको ‘कू’देखि राजा ज्ञानेन्द्रको प्रतिगमनसम्मको तस्वीरलाई नियाल्यो भने राजा संवैधानिक सीमामा बस्न नचाहने, बसिहाले समय अनुकूल हुनासाथ त्यसविरुद्ध उभिने गरेको यथार्थ स्पष्ट हुन्छ। नेपाली समाजको परिवर्तनको चाहनाविरुद्ध उभिदै आएको यस संस्थाको अन्त्य आवश्यक थियो। यस यथार्थलाई गहिरो गरी बुझेरै नेपाली स्रष्टाहरु राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिएका थिए। स्रष्टाहरु राणविरोधी आन्दोलनको बेलादेखि नै गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्दै आएको पाइन्छ।

Ncell 2
Ncell 2

सदियौँदेखिको सामन्ती एकात्मक राज्यको विकल्पमा अघि सारिएको राज्य पुनःसंरचनाको प्रस्ताव थियो, संघीयता। जनताले यसलाई सहर्ष अनुमोदन गरे। नेपाल एकात्मकबाट संघीय राज्यमा बदलियो। हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुकमा राज्यको संघीय संरचना आवश्यक थियो। 

आज पनि संघीय संरचनाले संघीयताको मर्मलाई राम्रोसँग पक्रन नसकेको टिप्पणी बाक्लै सुनिन्छ र यसमा सत्यको अंश पनि छ। नेपाल पछि पर्नु र आन्तरिक असन्तुष्टिहरु बढ्दै जानुको महत्त्वपूर्ण कारण राज्यको एकात्मक संरचना नै थियो। संघीयता ‘खर्चालु छ’ भन्ने कथित तर्कका आधारमा यसको महत्त्व र आवश्यकतालाई अस्वीकार गर्न सकिन्न। सङ्घीयताले जनताको नेतृत्व, उनीहरुको पहिचान, अपनत्वको भावना, प्रतिबद्धता तथा रचनात्मकतालाई बढाउँछ र यो परिवर्तनका निम्ति महत्त्वपूर्ण आधार बन्छ। आज देखिन थालेको समस्या यससम्बन्धी नीतिगत त्रुटि र राज्यमा अझैसम्म विद्यमान संघीयता विरोधी चरित्रका परिणाम हुन्। संघीयताको महत्त्व र आवश्यकतालाई बोध गरेर नै स्रष्टाहरु यसको पक्षमा उभिएका थिए।

नेपाल पछि पर्नु र आन्तरिक असन्तुष्टिहरु बढ्दै जानुको महत्त्वपूर्ण कारण राज्यको एकात्मक संरचना नै थियो। संघीयता ‘खर्चालु छ’ भन्ने कथित तर्कका आधारमा यसको महत्त्व र आवश्यकतालाई अस्वीकार गर्न सकिन्न।

धर्म निरपेक्षताको सामान्य अर्थ राज्य धर्मदेखि अलग रहनु, सबै धर्मप्रति समान व्यवहार गर्नु र सबै प्रकारका धार्मिक विभेद एवं उत्पीडनको विरोधमा उभिनु हो। यसको तात्पर्य राज्य धर्मको विरोधमा उभिनु होइन। अत्यधिक बहुमतमा रहेको धर्मलाई एकातिर पन्छाएर अन्यलाई महत्त्व दिनु र सहयोग प्रदान गर्नु पनि होइन। नेपाल जस्तो विभिन्न धर्महरु भएको मुलुकमा परस्पर एकता तथा सद्भावका निम्ति धर्म निरपेक्षताको निकै महत्त्व छ।

नेपाललाई हिन्दू राज्यको रुपमा पहिलोपटक २०१९ को पञ्चायती संविधानमा उल्लेख गरिएको थियो। नेपाललाई राजतन्त्रतात्मक हिन्दू राज्यका रुपमा उल्लेख गर्नुका राजनीतिक एवं सांस्कृतिक उद्देश्यहरु थिए। यसबाट अरु धर्म मान्नेले आफू अन्यायमा परेको अनुभव गरे। एक भाष, एक भेष र एक धर्मलाई विशेष महत्त्व दिने सांस्कृतिक राष्ट्रवादी चिन्तनले नेपाली समाजलाई एकताबद्ध हुन नदिनु स्वाभाविक थियो। पञ्चायतले हिन्दू धर्मलाई राजा, राजतन्त्र र पञ्चायती राजनीतिको रक्षाकवचका रुपमा प्रयोग गर्‍यो। राजा विष्णुका अवतार बनाइए, उनलाई पूज्य ठानियो। राजतन्त्रलाई दैवी विधानका रुपमा स्वाभाविक ढंगले लिने मनोविज्ञानको निर्माण गर्ने प्रयत्न गरियो। ग्राम्सीका शब्दमा यस्तो ‘हेजेमोनी’ शासकहरुका निम्ति आवश्यक थियो।

अहिले बेलाबखत सुनिने ‘हिन्दू राष्ट्र’को माग जनताको भावनाको सम्बोधन होइन, राजतन्त्र पुनःस्थापना गर्ने नियत हो। यसका पछाडि बाह्य स्वार्थ र चासो पनि छ। नेपाल हिन्दू राष्ट्र भए दक्षिणलाई हिन्दूत्वको मिसनमा मात्र सघाउ पुग्दैन, नेपाल सम्बन्धी उसको चासोको पनि धेरथोर सम्बोधन हुन्छ।

नेपालमा धर्मनिरपेक्षता ‘इसाई परियोजना’ थिएन र होइन। ‘हिन्दू राष्ट्र’को पक्षमा जनमत निर्माणका निम्ति अभियान चलाएका अभियन्ताहरुबाटै प्रयोग भएको पदावली हो, यो। ‘हिन्दू राष्ट्र’ नेपाली जनताको माग होइन। जनताको माग हुन्थ्यो भने नुचावी राजनीतिको परिदृश्य नै बेग्लै हुन्थ्यो। ‘हिन्दू राष्ट्र’का नाममा भोट माग्नेहरु जनताबाट यतिविधि तिरस्कृत हुने थिएनन्। यो केही हिन्दूवादी सम्भ्रान्त, हिन्दू धर्म संस्कृतिका अभियन्ता र पुनरुत्थानवादी राजनीतिक शक्तिहरुको दृष्टिकोण र नारा हो।

सामान्य जनता त आर्थिक समुन्नतिसहित नेपाली समाजको समग्र रुपान्तरण चाहन्छन्। उनीहरु धर्मका नाममा, पन्थका नाममा विभाजित हुन चाहँदैनन्। मिलेर बस्न र अघि बढ्न चाहन्छन्। ‘हिन्दू राष्ट्र’को माग नेपाली समाजलाई विभाजित गर्ने माग हो।

आज कयौँ वामपन्थी एवं लोकतान्त्रिक व्यक्तिहरुमा पनि ‘हिन्दू राष्ट्र’वाला दृष्टिकोणको विकास हुँदैछ। कतै यसले संस्थागत रुप त लिने होइन भन्ने भय छ। हिन्दू धर्मका विरुद्ध कृत्रिम षड्यन्त्रको भय देखाएर जे गर्न खोजिँदैछ, त्यो साञ्चिकै डरलाग्दो छ। भय वा प्रलोभन देखाएर गराइने धर्मान्तरणलाई राज्यले नियन्त्रण गर्न सक्छ। त्यो अधिकार राज्यलाई छ। न स्वेच्छिक धर्म परिवर्तनलाई राज्यले रोक्न सक्छ, न त धर्म नमान्ने व्यक्तिको अधिकारमाथि अङ्कुश नै लगाउन मिल्छ। धर्म निरपेक्षताको पक्षमा नेपाली स्रष्टाहरुको प्रतिबद्धता यसको प्रगतिशील चरित्रसँग जोडिएको छ। यसै कारण उनीहरु यसका पक्षमा उभिए र यसको समर्थन गरे। आज संविधानका अन्य महत्त्वपूर्ण पक्षहरुमाथि पनि गम्भीर प्रहार गरिँदैछ।

आन्दोलनका उपलब्धिहरुमाथि प्रहार त भएकै छ, हामी डरलाग्दा विकृति र विसंगतिहरुका बीचमा पनि छौँ। राजनीति, शासन, प्रशासनलगायत राज्यका समग्र संरचनाहरु विकृति र विसंगतिले आक्रान्त छन्। वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरुको नैतिक मूल्यमा आएको स्खलन डरलाग्दो छ र यसै कारण आम मानिसमा निराशा बढ्दै छ। जनताको जीवन झन् कष्टकर बन्दैछ। राष्ट्रिय स्वाधीनता, आत्मसम्मान र स्वाभिमानमाथि प्रहार रोकिएको छैन। यस्तो बिडम्बनात्मक परिस्थितिबीच स्रष्टाहरुका अगाडि प्राप्त उपलब्धिलाई जोगाउँदै नेपाली समाजको आमूल परिवर्तनको दिशामा कसरी अघि बढ्ने भन्ने यक्ष प्रश्न छ। स्रष्टाहरुले प्रतिगामी, पुनरुत्थानवादी शक्तिहरुविरुद्ध संघर्ष गरेर मात्र पुग्दैन, परिवर्तनका निम्ति संघर्ष गरेका राजनीतिक शक्तिहरुका कमजोरीविरुद्ध पनि लड्न सक्नुपर्छ। 

हामी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै र सबै प्रकारका विकृति र विसंगतिविरुद्ध लड्दै अघि बढ्नुपर्ने कठिन समयमा छौँ। स्रष्टाहरुले आफ्नो प्रतिवादको भाषालाइ अझ सशक्त बनाउनुपर्ने खाँचो छ। दक्षिणपन्थी प्रहार, अस्थिरता, मूल्य विघटन, मानवीय मूल्यमा ह्रास, डरलाग्दो उपाभोक्तावाद र व्यक्तिवादका बीचमा बाँचेका स्रष्टाहरुले कलमलाई धारिलो नबनाई र भौतिक सक्रियतालाई नबढाई सार्थक हस्तक्षेप गर्न सम्भव छैन। यस्तो बेलामा ‘अँध्यारोका विरुद्ध उभिनु र अन्तिमसम्म लड्नु स्रष्टाहरुको दायित्व हो’ भन्ने चर्चित लेखक बर्तोल्त ब्रेख्तको भनाइ अत्यन्त मननीय लाग्छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. अमर गिरी
लेखकबाट थप
आकाश, आमा र रहस्य
कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार
हे राम!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो शनिबार, फागुन ९, २०८२
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्