काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएकाे हाे।
यसअघि बिहान साढे ११ बजेदेखि नेपालपक्षको स्थायी कमिटी बैठक बसेको थियो।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको अजेण्डा तय गरेको बताइएको छ।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा बिहान सम्पन्न स्थायी कमिटी बैठकले तय गरेका अजेण्डामाथि छलफल हुनेछ।
यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भन्दै बैठकमा सहभागी नहुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।