काठमाडौं– बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान सुरु गर्ने भएको छ।
आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान गर्ने कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए।
भरतपुर–भैरहवा उडान दिउँसो १२ः५५ बजे हुने उनले जनाए। ‘पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान सुरु गर्न लागिएको हो।’ नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन्।
भैरहवा उडानका लागि एकतर्फी भाडा २८ सय ३५ देखि ४३ सय ३५ रुपैयाँसम्म तोकिएको उनले बताए।
यसअघि बुद्धले भरतपुर–काठमाडौं नौ उडान गरिरहेको छ। यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ।
सुरुमा भैरहवा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए।
सन् २००५ बाट चितवनमा उडान सुरु गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौं दैनिक १२ उडान गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।