काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। बिहीबार विहान ११ बजे नेपालपक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो।
स्थायी कमिटी बैठकपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बस्ने छ।
यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो। एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।
यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भन्दै बैठकमा सहभागी नहुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।