काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।
दिउँसो १२ बजेपछि बैठक बस्ने तयारी गरिएको बताउँदै स्थान भने तय हुन बाँकी रहेको पौडेल पक्षका एक नेताले बताए। बैठकमा आसन्न १४औं महाधिवेशनको विषयमा छलफल हुने उनको भनाइ छ।
साथै बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने जनाइएको छ।
बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा समेत छलफल हुने जनाइएको छ।
आजको बैठकले आफ्नो पक्षबाट सरकारमा सहभागिता तथा व्यक्तिसमेत टुंगो लगाउने ती नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।