फाइल तस्वीर
काठमाडौं– सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने उद्देश्यले सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) विहान ९ बजे बस्ने बैठकले यसअघि बनाइएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने एक सदस्यले बताए।
कार्यदलको यसअघिको बैठकले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ।
साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।