काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति अध्यक्ष केपी शर्मा ओली पक्षले आपत्ति जनाएको छ।
बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनाधिकृत भएको बताएका छन्।
‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछ। पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ,’ तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाल पक्षले बिहीबार काठमाडौंको बानेश्वर (बुद्धनगर)स्थित एउटा ब्याङ्क्वेटमा केन्द्रीय कमिटीका सदस्यहरुको भेला बोलाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।