फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले सदस्यता विवाद दुई/तीन दिनमै टुंग्याउनेगरी छलफल अघि बढाएको छ।
बुधबार बसेको बैठकमा सदस्यतासम्बन्धी समस्या शीर्ष नेताहरुले टुंग्याउने निर्णय भएअनुसार छलफल भएको र चाँडै सकारात्मक निर्णय लिने नेता रमेश लेखकले बताए। ‘सबै नेताहरुले धारणा राख्नुभएको छ, छलफल सकारात्मक छ, छिट्टै यसबारे निर्णय लिन्छौं,’ उनले भने।
उनले निर्धारित १४औं महाधिवेशनको मिति अहिले नै सरिहाल्छ भनिहाल्न नहुनेसमेत बताए। ‘वडा तहको अधिवेशनलगायत स्थानीय तहको कार्यतालिका त प्रभावित भइसकेको छ। महाधिवेशन प्रभावित भइहाल्छ नभिनहालौं। नेताहरुले कोशिष गरिारख्नुभएको छ,’ उनले भने, ‘एक दुई दिनमै महाधिवेशनको स्पष्ट कार्यतालिका आउँछ।’
उनले सदस्यताको विषयमा अरु पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता र कार्यकर्ताको सदस्यता कसरी टुंग्याउने भन्ने समस्या रहेको, त्यसबारे छलफल भएकाले दुई तीन दिनमै टुंगिने बताए।
महाधिवेशनसँगै कांग्रेसले सरकारको नेतृत्व पनि गरेकाले दुबैतिर केन्द्रित हुनुपरेको, त्यसले गर्दा दुबैतिरका काम प्रभावित बनेको र छिटै कांग्रेसभित्रका समस्यालगायत सरकारसम्बन्धी विषय पनि टुग्याइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।