काठमाडौं- 'साथीहरु यतिबेला म तपाईंहरुको अगाडि छु। भन्नुहोस् त के म भल्गर देखिएकी छु!' मोडल गहना वशिष्टले इन्स्टाग्रामको लाइभमा बोलका कुरा हुन् यी। गहना बिनाकुनै पहिरन इन्स्टाको लाइभमा आएर आफ्ना फलोअर्सलाई पोर्न र इरोटिक फिल्मबारे पढाउन सुरु गरिन् ।
उनले भिडियोमा भनेकी छन्, 'के म लाइभमा बस्दा तपाईंहरुले यो पोर्न हो भन्न सक्नुहुन्छ। उनले आफूलाई विश्वास गर्न आग्रह गर्दै आफूले केही नलगाएको बताएकी छन्।
उनले भनेकी छन्, 'मैले कपडा लगाएका भिडियोलाई मानिसहरु पोर्न भनिरहेका छन्, पाखण्डीपनको पनि हद हुन्छ नि!'
मोडल गहना पनि यतिबेला अश्लील फिल्म र्याकेटको मुद्दामा अदालतको चक्कर काटिरहेकी छन्। उनलाई सँगै काम गरेका अन्य मोडलहरुले समेत जर्वजस्ती भिडियो खिच्न लगाएको आरोप लगाएका छन्।
राज कुन्द्राको समर्थनमा अगाडि आइरहेकी गहना उनीहरुले तयार पारेको फिल्म पोर्न नभएको बताउने गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।