काठमाडाैं– बलिउडका चर्चित र्यापर हनि सिंहलाई उनकी श्रीमती शालिनीले घरेलु हिंसाको मुद्दा हालेकी छन्।
शालिनीले आफू लामो समयदेखि हनि सिंहको हिंसामा परिरहेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी हुन्।
हनि सिंह यस्ता विवादमा आएको यो पहिलोपटक भने हैन। बलिउडमा ट्रेण्ड सेटरकै रुपमा उदाएका सिंह समय समयमा विवादमा आइरहने गायक हुन्।
उनी कहिले कलाकारसँग झगडा गरेको कुराले त कहिले गीतमा विवादास्पद शब्द भरेक कारण बिबादमा आउने कलाकार हुन्।
लागु औषधकाे कुलतमा फसेका उनलाई सामान्य अवस्थामा आउन १८ महिना लाग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।