काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भोलिका लागि बोलाएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक पर्सीका लागि सारिएको छ।
भोलि बुधबार बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएको थियो। तर, जिल्लाबाहिरका सदस्यहरु आउन समय लाग्ने र आवश्यक तयारीका लागि बिहीबारका लागि सारिएको नेपालपक्षीय केन्द्रीय सदस्य झपट रावलले बताए।
एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।
नेपालले सोमबार आफूपक्षीय स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।