फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
भोलि बुधबार बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएको एक नेताले बोलाए।
एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।
नेपालले सोमबार आफूपक्षीय स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।