पोखरा- टीभीएस मोटर कम्पनीले आज बीएस-भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सन(आरटीएफआई) स्कुटर पोखरामा भित्र्याएको छ।
बतास ब्रदर्स प्रालिको शोरूममा स्कुटरको उद्घाटन गरिएको छ। टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर प्रदीप खड्का र स्वस्तीमा खड्काले शोरूममा स्कुटर सार्वजनिक गरेका थिए। आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चितता गर्नका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ।
‘हामी आज पोखरामा बीएस-भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं। आरटी-फाईको अतिरिक्तसँग, स्मार्ट स्कुटर एक सबैभन्दा राम्रो वर्गमा स्वामित्व अनुभव प्रदान गर्नका लागि डिजाइन गरीएको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामी पोखरा र वरपरका क्षेत्रहरूमा हाम्रा युवा ग्राहकहरूका लागि यो सुरुआतसँगै एक सुरुआतदेखि अन्त्यसम्मको अनुभव प्रदान गर्न प्रतिबद्ध छौं, जुन टीभीएस एनटर्क १२५ को अनुभवमा विस्तार हुनेछ।’
टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर भएको कम्पनीले जनाएको छ। र, यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।