• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ज्यानै दाउमा लगाएर परीक्षा दिन पुगेकी मीना

64x64
नारायण अधिकारी सोमबार, साउन १८, २०७८  १५:१७
1140x725
तस्वीर : जितबहादुर बस्नेतको फेसबुकबाट।

काठमाडौं– शनिबार राति भारी वर्षा भयो। केहीबेरमै खोला गडगडाउन थाले। सामान्यतया पानी भए नभएकै पत्ता नहुने खहरे त्यो दिन डरलाग्दो गरी उर्लिए। चकमन्न रात थियो, मीना सिग्देललाई आइतबार हुने परीक्षाको चिन्ता थियो। शान्त वातावरण चाहिएका बेला खहरेले ‘डिस्टर्ब’ मन एकलास हुनै पाएन। उनलाई झिंजो लाग्यो। कामना गर्थिन्, ‘यो पट्यारलाग्दा आवाज एकैछिन शान्त भइदेओस्। आकाश रुन छाडोस्।’

आकाश रुँदा धर्ति पग्लिएर सानोठूलो पहिरो गएपछि खहरेमा बैंश आउँछ। खहरेको बैंश प्राय: विनासकारी हुन्छ। साउन पर्खेर बस्ने झरीले किन सुन्थ्यो, मीनाको आवाज। रातभरि झरी परिरह्यो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ सिग्देल टोलकी उनी इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन्। परीक्षा चलिरहेको छ। कोरोनाले कलेज नै गएर पढ्न नपाएकी उनी जोडतोडले तयारी गरिरहेककी थिइन्। रातभरि परेको झरीले उनको जीवनमा अर्को चिन्ता थपियो।

गत असार १ गते नै आएको बाढीले तहसनहस पारेको थियो मेलम्ची क्षेत्र। फेरि १६ गते राति परेको पानीले थप समस्या पार्ने अनुमान गर्न उनलाई गाह्रो भएन। परीक्षा केन्द्र इन्द्रावती क्याम्पससम्म जान एक्लै नसकिने अनुमान राति नै लगाइन् । सानोतिनो पानीमै भत्किने बाटोघाटो त्यो पानीले झन् ध्वस्त बनाउने उनले बुझेकी थिइन्। 

उनले नजिकै बस्ने शिक्षक जितबहादुर बस्नेतसँगै जाने निधो गरिन्। सोही क्याम्पसमा अध्यापन गराउने बस्नेतलाई राति फोन गरिन्। उनले भनिन्, ‘बाढीले बाटो बिगारेजस्तो छ। म एक्लै जान अप्ठ्यारो पर्ला जस्तो छ। सँगै जाऔं है सर।’

सामान्य अवस्थामा इन्द्रावती क्याम्पस उनीहरुको घरबाट ४५ मिनेटमै  पुगिन्छ। तर, बाटो बिग्रेको अवस्थामा समय धेरै लाग्ने नै भयो। त्यसैले  साढे ४ बजे नै हिँडेर ७ बजेको परीक्षाका लागि पुग्ने तयारी गरिन् उनले।

पूर्वसल्लाहअनुसार शिक्षक जितबहादुर र मीना बिहान साढे ४ बजे नै घरबाट निस्किए। घरबाट केही तल झरेपछि राति सुसाएको नुहार खोलामा उनीहरु पुगे। खोला नजिकको सडकमा उनीहरु हिँड्दै थिए। ‘सडक पनि थर्किएको आवाज सुनिन्छ। सँगै मन पनि थर्किरहेको छ। यतिबेलासम्म मनमा थोरै डर थियो,’ मीनाले सुनाइन्, ‘हामी झन् अघि बढ्थ्यौं। उस्तै डरलाग्दो बाढी, दलदल, पहिरो, सडक थर्किएको आवाज महसुस हुन्थ्यो।’

बाटो थर्किदा त्यसको झड्काले मुटु पनि थर्काउँथ्यो।  तर, परीक्षा दिन जानैपर्ने थियो, मन बलियो बनाएर पाइला अघि बढाउनै पर्ने थियो। नुहार खोला पुग्नै लाग्दा आउने उकालो बाटोनेर भने सडक बगाएर पानी भित्तासम्मै पुगेको थियो। उनको मनमा परीक्षा छुट्ने चिन्ता थियो। तर, प्राकृतिक प्रकोपले जोखिमपूर्ण बनाएको बाटोबाट विद्यार्थीलाई स्कुल जान सकिने अवस्था नरहेको आकलन शिक्षक बस्नेतले गरे। उनको प्रस्ताव थियो, ‘तिमी अगाडि जान सक्दैनौं होला। बरु फर्कौं। म त स्कुल नगए पनि हुन्छ। ज्यान जोगिए परीक्षा अर्को वर्ष दिन पाइन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

मीनाले परीक्षा नछुटाउने बरु वैकल्पिक बाटोबाट जाने प्रस्ताव गरिन्। त्यसपछि उनीहरुले खोला माथिपट्टीको कुलोबाट अघि बढे। उनले भनिन्, ‘कुलोको बाटो पनि उस्तै अफ्ठ्यारो थियो। अनुमानको भरमा पाइला टेक्दै हिँड्नुपर्ने।’

त्यसपछि उनीहरुको लगातार थप जोखिमपूर्ण यात्रा चल्यो। कहीँ पहिरो, कतै घारी त कतै काँडा र तल हेर्दा खोलामा डर लाग्दो बाढी। माथि हेर्‍यो, अहिले नै झर्ला जस्तो पहिरो।  यस्तो कठिन बाटोमा कहिले भित्तो समाउँदै त कहिले लौरो टेक्दै उनीहरु अघि बढे।

 सीमखेतसम्म पुगेपछि झन् कठिन भयो उनीहरुलाई।  ‘बाटो कहाँ थियो भनेर अनुमान समेत लगाउन सक्ने अवस्था थिएन। भित्तैसम्म खोला पुगेकाले सडक देखिएन,’ उनले सम्झिइन्, ‘उसैगरी भित्तो समाउँदै उनीहरु अघि बढ्यौं। मेलम्ची पुग्नै लाग्दा पहिरो गएको रहेछ। त्यसपछि हाम्रो यात्रा फेरि अन्योलग्रस्त बन्यो।’ 

घडीले सात बजिसकेको थियो। परीक्षा त सुरु भइसकेको छ।  उनको मनमा रनाहा छुट्यो, ‘अब त जति सक्यो चाँडो परीक्षा केन्द्र पुग्नुपर्छ।’ उनले पाइला अघि बढाइन्। वरपरका मान्छेहरुले रोके। कोही त्यो बाटो नहिँडेको भन्दै जे पनि हुनसक्ने बताए। मीनाको मनमा परीक्षा छुट्ने डरले उठेको हडबडाहट उनीसँगै रहेका शिक्षकले बुझेका थिए। तर, उनी ज्यान नै जोखिममा राखेर अघि बढ्ने कुरामा चाहिँ मीनालाई सचेत गराइरहेका थिए।

Xtrem

Xtrem

मीनाको मनमा अन्य सुरक्षित बाटो खोज्दा परीक्षा छुट्ने डर पस्यो। उनले हिम्मत गरेर भनिन्, ‘सर तपाई अघि हिँड्नु, म पछि हिँडछु। जाम यहीबाट जे होला होला।’ 

कलेजको परीक्षा दिन ज्यान नै दाउमा लगाउने हिम्मत जुटाइन्। मीनाको मन पढेर शिक्षकले आफूलाई जोखिममा राखेर अघि लागे। क्रम उही, बाढीको माथिमाथि भित्ता समाउँदै, लौरी टेक्दै यात्रा।

शिक्षक जितबहादुर बस्नेत र मीना सिग्देल। तस्वीर : बस्नेतको फेसबुकबाट।

परीक्षा केन्द्र इन्द्रावती बहुमुखी क्याम्पस पुग्दा साढे ७ बजिसकेको थियो। परीक्षा सुरु भएको आधा घण्टा बितिसिकेको थियो। मीनासँग हिलो पखाल्ने समेत समय थिएन। उनी त्यस्तै परीक्षा हलभित्र पसिन्।

‘म त किसानको छोरी। दिनभरी खेतमा धान रोप्दा पनि त्यति हिलो हुँदैन थियो। जति हिलो परीक्षा हलमा म बस्दा थियो। परीक्षा हलबाट निस्किएपछि बल्ल हिलो पखालेँ,’ मीना भन्छिन्।

उनले यस्तो जोखिमपूण यात्रा गरेर परीक्षा दिइन्। कथा त्यसपछि सुरु भयो, जब ती यात्राका केही तस्बिर उनीसँगै गएका शिक्षक जितबहादुर बस्नेतले फेसबुकमा पोष्ट गरे। परीक्षा सकिएपछि मोबाइल हेर्दा दर्जन बढी मिसकल उनले देखिन्।  

पहिलो कलब्याक आमालाई गरिन्। जितबहादुरले फेसकुबमा राखेको तस्वीर हेरेर उनकी आमाले मन नथाम्न नसकी फोन गरेकी रहिछन्।  मीनाले सम्झिइन्, ‘आमा फोनमै रुन थाल्नुभयो। त्यसपछि भने मलाई मूर्ख्याइँ गरेको महुसुस भयो।’

आउँदो २२ गते पनि परीक्षा छ। अब भने बाबाआमाको आग्रहलाई मान्दै अघिल्लो दिन नै क्याम्पस नजिकको साथीको घरमा बस्न जाने योजना बनाएकी छिन्। उनी भन्छिन्, ‘परीक्षा त छाड्ने कुरा भएन। अघिल्लो दिन नै उतै साथीकोमा बसेर दिने सोच बनाएकी छु। बाबाममीको पनि त्यही सल्लाह छ।’

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्