काठमाडौं–महानगरीय अपराध महाशाखाले हुन्डी काराबोरविरुद्ध सोमबार राजधानीमा अप्रेसन चलाएको छ। न्यूरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने ७ जनालाई महाशाखाले पक्राउ गरेको छ।
महाशाखाले नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदिश सरियालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरु ठूला हुन्डी कारोबारी भएको प्रहरी दाबी छ।
उनीहरुबाट ५१ लाख ४ सय ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार रुपैयाँ बराबरको चेक बरामद गरेको छ। उनीहरुमाथि कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।