काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सन् २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बताउने घोषणा गरेका छन्।
नेपाल कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र भएकाले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै लैजाने सम्बोधनमा मन्त्री विष्टले बताएका छन्। सम्बोधनका क्रममा मन्त्री विष्टले वैदेशिक रोजगार ऐन २०६४ संशोधनको क्रममा रहेको बताउँदै अब संशोधित ऐनमा श्रमिक हकहित संरक्षण गरिने जानकारी गराए।
नेपालबाट वैदेशिक रोजगार बाध्यता नभई स्वेच्छिक हुनपर्नेमा मन्त्रीले जोड दिएका छन्। नेपाल सरकारले युवाका लागि दक्षता र अभिवृद्धिमा ध्यान दिने सम्बोधनका क्रममा मन्त्रीले बताए।
नेपालले अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को मापदण्डअनुसार त्रिपक्षीय सम्झौता गरेर मात्र कामदार वैदेशिक रोजगारमा पठाउने योजना र अघि सार्न लागेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।