काठमाडौं- बलिउड नायिका शिल्पा सेट्टी आजकाल आफ्नो जिन्दगीको कठिन समय बिताइरहेकी छन्। उनका पति राज कुन्द्रा प्रोनोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन्। श्रीमानको गिरफ्तारीपछि उनीसमेत शंकाको घेरामा परिन्।
श्रीमानको गिरफ्तारीपछि सामाजिक सञ्जालमा उनको निकै ट्रोल बन्यो। सामाजिक सञ्जालमा शिल्पालाई नराम्रो भन्नेहरुको विरोधमा फिल्म निर्माता हसल मेहतापछि अब भने ऋचा चड्डा पनि अगाडि आएकी छन्।
हालै फिल्म निर्माता हसल मेहताले ट्वीटरमा शिल्पाको सपोर्ट गरेका थिए। उनले लेखेका थिए, 'नायिकालाई थोरै भए पनि व्यक्तिगत स्वतन्त्रता देऊ र उनको प्राइभेसी भंग गर्ने कोसिस नगर।'
यसलगतै ऋचाले ट्वीटरमै लेखेकी छन्, 'हामीले महिलालाई उनको जिन्दगीसँग भएका पुरुषको गल्तीको दोषी मान्ने राष्ट्रिय खेल बनाएका छौं। खुसी छु, उनको मुद्दा चलिरहेको छ।'
ऋचा सामाजिक सञ्जालमा सक्रिय कलाकार हुन्। भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।