काठमाडौं– मागभन्दा थोरै मात्र इन्धन आयात भएपछि राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन सुरु भएको छ। इन्धनका ट्याङ्कर चालकहरुको आन्दोलनका कारण थोरै मात्र इन्धन आयात भएपछि समस्या भएको हो।
भारतीय प्रहरीले ट्याङ्कर चालकलाई कुटपिट गरेको विरोधस्वरुप चालकहरुले ट्याङ्कर नचलाएका हुन्। जसका कारण मागअनुसार इन्धन आउन सकेको छैन। सोमबार कतिपय पम्पहरु बन्द छन् भने खुलेका पम्पहरुमा सवारी साधनको लामो लाइन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।