• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
ती युद्ध, संस्कृति र जनजीवन, यी चित्रकला
64x64
ज्ञानेन्द्र विवश शनिबार, साउन १६, २०७८  ०८:२३
1140x725
बेलायती कलाकार हेनरी एम्ब्रोस ओल्डफिल्डले १९०७ देखि १९१३ सालसम्म नेपाल बस्दा बनाएको चित्र।

कलाकार चन्द्रमानसिंह मास्केले राणा सरकारको विरोधमा ‘कार्टुन चित्र’ बनाउँदा उनलाई सर्वस्वसहित कारावास सजाय भयो। तर, चित्र बनाउन भने छाडेनन्। उनले नेवार जातिमा प्रचलित विवाहका विविध संस्कारलाई चित्रमा उतारेका छन्। ती चित्रमा तत्कालीन नेवार संस्कृतिको अवस्था झल्किन्छ।

नेपाली सेनाको भद्रकालीस्थित सैनिक मुख्यालयमा १० फिट चौडाइ र ३० फिट लम्बाइको भित्तेचित्रले ७० वर्षका सरदार भक्ति थापाको नेतृत्वमा भएको देउथलको युद्धको सम्झना गराउँछ। उक्त चित्र श्रीजनकुमार राजभण्डारीले बनाएका हुन्।

नेपालको ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्ने चित्रकलाको खोजी गर्दा मल्लकाल अझ महत्वपूर्ण छ। भक्तपुरको पचपन्नझ्याले दरबारभित्रको भित्तेचित्र मल्लकालीन राजा भूपतीन्द्र मल्ल स्वयमले बनाएको मानिन्छ। त्यस्ता भित्तेचित्रहरू भक्तपुरका पुराना घरका भित्तामा देख्न सकिन्छ। २०७२ सालको भूकम्पले कतिपय घर भत्किएपछि ती ऐतिहासिक चित्रहरू पनि सुरक्षित रहेनन्। संरक्षणको अभाव अहिले ती चित्र दुर्लभ भएका छन्। वंशगोपालस्थित नृपतिलाल प्रधानाङ्गको २०० वर्ष पुरानो घरमा यस्ता प्राचीन भित्तेचित्र छन्। 

ज्ञानेन्द्र विवश

नृपतिलालकै वंशज बाजे पुस्ताका कलाकार गोविन्दलाल प्रधानाङ्ग पनि कुशल चित्रकार थिए। उनी जलरङका चित्र बनाउँथे। भक्तपुरका विभिन्न मठमन्दिरमा उनले आजभन्दा लगभग डेढ दुई सय वर्षअगाडि बनाएका चित्रकला देख्न पाइन्छ। ती चित्रले तत्कालीन नेपालको सामाजिक अवस्थालाई इङ्गित गरेका छन्। 

यसैगरी भक्तपुरकै शताब्दी पुराना अर्का कलाकार आशामदु चित्रकारको नाम पनि यहाँ उल्लेखनीय छ। यी चित्रकारले बनाएको भक्तपुरस्थित प्राचीन महेश्वरी मन्दिरको दुर्लभ चित्रले तत्कालीन जनजीवन र सांस्कृतिक सम्पदालाई सजीव रूपमा उतारेको देखिन्छ। 

चित्रकलाको माध्यमबाट सांस्कृतिक, सामाजिक र राजनीतिक इतिहासको अध्ययन गर्न सकिन्छ। तर, नेपाली चित्रकलाको पृष्ठभूमिमा ऐतिहासिक तथा सांस्कृतिक विषयवस्तुलाई सिर्जनाको रूपमा निरन्तर कलारचना गर्ने कलाकर्मी धेरै छैनन्। विगतदेखि समकालीन पृष्ठभूमिसम्म आइपुग्दा यही विषयलाई चित्रकलामा आफ्नो पहिचान बनाउने कलाकारका नाम केलाउन सकिन्छ। विगतदेखि प्राप्त कलाकृतिहरूका आधारमा ऐतिहासिक तथा सांस्कृतिक विषयवस्तु झल्काउने चित्र बनाउने केही कलाकार र उनीहरुका कामको सङ्क्षिप्त विवरण यहाँ उल्लेखनीय हुन आउँछ। 

नेपाली अग्रज कलाकार पुस्ताको खोजी गर्दा हामी तेह्रौँ शताब्दीसम्म पुग्न सक्छौँ। त्यतिबेला अरनिकोले ख्याति कमाएका थिए। त्यसपछि राजमानसिंह (वि.सं. १८५४–१९२२), भाजुमान (वि.सं. १८७४–१९३१) जस्ता कलकारले आफ्ना सिर्जना छाडे। त्यस्तै दीर्घमान (वि.सं. १९३३–२००७), चन्द्रमानसिंह मास्के (वि.सं. १९५६–२०४१), तेजबहादुर चित्रकार (वि.सं. १९५७–२०२८), बालकृष्ण सम (वि.सं. १९५९–२०३८), चित्तधर हृदय (वि.सं. १९६३–२०३८), माणिकमान चित्रकार (वि.सं. १९६४–२०४५) लगायतका चित्रबाट पनि त्यसबेलाको समाज बुझ्न सकिन्छ। 

सामाजिक परिवेशका साथै मन्दिर, दरबार, घर, पाटीपौवा जस्ता विषयमा गरिएका कलारचनाले आज हामीलाई तत्कालीन समयको चित्रमय अवस्था बुझ्न सघाउँछ। भक्तपुरमा जन्मेका कलाकार काजीमान कर्माचार्य (वि.सं. १९२७–२००८) मृत्युपछि लगभग विस्मृत हुनपुगेका थिए। तर, उनी ‘तह्रौँ शताब्दीका अरनिको’ जस्तै ‘बीसौँ शताब्दीका महान् कलाकार’ हुन्। 

Ncell 2
Ncell 2

राजमानसिंहको कलायात्रा वि.सं. १८७८–१९१४ सालसम्म कायम रहेको देखिन्छ। तर, उनको सक्रिय कलाजीवन वि.सं. १८८१–१९०० सालसम्म थियो। त्यस समयमा उनले काठमाडौँ उपत्यकाका मठमन्दिर, चैत्य, जनजीवन, जनावर र चराचुरुङ्गीका अनेकौँ चित्रकला सिर्जना गरेका थिए। 

यसैबीच भाजुमान र दीर्घमान चित्रकारको बेलायत यात्रा सम्बन्धी दस्तावेज पनि इतिहासको अर्काे पाटो हो। यी कलाकारले नेपालको व्यक्तिचित्र कलामा समृद्ध धरातल निर्माण गरे। दरबार, मन्दिर तथा दृश्यचित्रमा पनि उनले उत्तिकै सफलता हासिल गरेका थिए। 

कलाकार चन्द्रमानसिंह मास्केले नेपाली सांस्कृतिक कलाको एक सम्पन्न भण्डार बनाएका छन्। नेवार जातिको सामाजिक र सांस्कृतिक विषयका साथै केही ऐतिहासिक विषयमाथि पनि उनले चित्ररचना गरे। उनले सिर्जना गरेका यिनै विषयका कलाकृतिहरू मस्कोस्थित ‘प्राच्य सङ्ग्रहालय’ मा नेपाली कलाको गौरवमय सम्पदा बनेर रहेका छन्। मस्को पुग्ने प्रायः ले ती चित्रकला हेर्न छुटाउँदैनन्।

चन्द्रमानसिंह मास्केले बनाएको नेवार जातिको विवाह झल्काउने चित्र।

यसैगरी चित्र र मूर्तिकलामा उत्तिकै दक्ष अर्का सशक्त कलाकार अमर चित्रकार (वि.सं. १९७७–२०५६) ले आफ्‍नो समयमा अनेकौँ कलारचना गरेका छन्। संस्कृति र इतिहास सम्बन्धी ती कलाहरूले आज पनि उनको कामको सम्झना हुन्छ। ती चित्रले त्यो बेलाका चालचलन, भेषभूषा तथा ऐतिहासिक पाटोलाई औँल्याउन मद्दत गर्छन्।  

कलाकार रामानन्द जोशी (वि.सं. १९९५–२०४५) को नाम र कामको योगदान पनि स्मरण गर्नु पर्छ। जोशीले ‘मेरो देश र देशबासी’ शृङखलामार्फत् राष्ट्रिय भावका चित्र सिर्जना गरेका थिए। भू–दृश्य तथा समाज र जीवनसँग सम्बद्ध उनका चित्रले नेपाली कलाको एउटा अलग्गै कालखण्डको प्रतिनिधित्व गर्छन्। 

२०३० सालदेखि नै उनले उक्त शृङ्खलाअन्तर्गत् कलारचना गर्न थालेका हुन्। उनले स्वदेश तथा विदेशमा ती चित्रको प्रदर्शनी पनि आयोजना गरेका थिए। त्यसैबखत उनले बनाएका कैयौँ कलाकृतिले तत्कालीन प्रकृति, परिवेश र जीवनशैलीलाई झल्काउँछन्। बागमती फाँट तथा अन्य विभिन्न स्थानका दृश्यचित्रहरू, जुन आज परिवर्तित भइसकेका छन्, तिनले तत्कालीन समयको इतिहास बताइरहेको अनुभव गर्न सकिन्छ। 

पुल्चोकस्थित पार्क ग्यालरी रहेको जोशी निवासमा २०६३ सालमा ‘आर.एन. जोशी कला सङ्ग्रहालय’ स्थापना गरियो। सो सङ्ग्रहालयमा उनले बनाएका तीन पक्षका चित्रहरू रहेका छन्। २०१९–२०२६ सालसम्म नेपालका विभिन्न स्थानमा गएर बनाइएका चित्रहरू छन्। दोस्रो पक्षका चित्रहरू २०२६–२०४५ सालमा तयार पारिएका छन्। यस कालका चित्रहरू ‘देश र देशवासी’ शीर्षक शृङ्खलाका छन्। नेपाली जनजीवन, मठमन्दिर, दृश्यचित्र आदि यस अवधिका रचना हुन्। ती चित्रकलामा नेपालीपन र पहिचानका यथेष्ट भावना अभिव्यक्त भएको पाउन सकिन्छ।

हरिप्रसाद शर्माको चित्र।

यसरी ऐतिहासिक तथा सांस्कृतिक कलाकै समकालीन कलाकार पुस्तामा आइपुग्दा हरिप्रसाद शर्मा (वि.सं. १९९४) को नाम र कामको सम्झना श्रद्धापूर्वक लिनुपर्ने हुन्छ। उनले उल्लिखित अग्रज कलाकारहरूका कलारचनाहरूको हाराहारीभन्दा अझ माथिल्लो किसिमका कलाकर्म गरेका छन्। स्मरणीय छ, अन्य कलाकार जस्तो कलामा विविध विषय र शैलीमा उनले काम गरेनन्। एउटै विषय र शैली अर्थात् ऐतिहासिक तथा सांस्कृतिक र जनजीवनका विषयमै उनले कलारचना गर्दै आइरहेका छन्।  

त्यस्तै कृष्णबहादुर चित्रकार (वि.सं. १९६९–२०५७), मनोहरमान पुँ (वि.सं.१९७१–२०५१), केशव दुवाडी (वि.सं. १९७८–२०५३), जीवरत्न शाक्य (वि.सं. १९७८–२०६९), कर्णनरसिंह राणा (वि.सं. १९८१–२०६९), दिलबहादुर चित्रकार (वि.सं. १९८२–२०६७), कुलमानसिंह भण्डारी (वि.सं. १९८२–२०५७), नरसिंहभक्त तुलाचन (वि.सं. १९८७–२०३६), केशवलाल चित्रकार (वि.सं. १९९४–२०६१)ले पनि इतिहास झल्कने चित्र बनाएका छन्। आधुनिक चित्रकलामा स्थापित केही प्रतिनिधि नेपाली कलाकारहरूले पनि केही ऐतिहासिक कालखण्डलाई जीवित राख्ने कलाकर्म गरेका छन्। जस्तै– के. के. कर्माचार्य (वि.सं. २००४), मिश्रीमान चित्रकार (वि.सं. २००७), केशरमान चित्रकार (वि.सं. २०१३), चन्दा श्रेष्ठ (वि.सं. २०१३), श्रीजनकुमार राजभण्डारी (वि.सं. २०१९) आदि कलाकारका कलाकृति यस सन्दर्भमा अध्ययन गर्न सकिन्छ। 

वरिष्ठ कलाकार के.के. कर्माचार्यले गोरखा दरबारस्थित सङ्ग्रहालयमा त्यो समयका तत्कालीन घटनालाई सम्झाउने चित्र सिर्जना गरेका छन्। सोही सङ्ग्रहालयमा श्रीजनकुमार राजभण्डारीले बनाएका त्यो समय झल्काउने चित्र पनि राखिएका छन्। उनैले २०७६ सालमा भक्ति थापाले समेत लडेको मलाउ, देउथल युद्ध सम्बन्धी अर्को चित्र बनाएका हुन्, जुन सैनिक मुख्यालयमा राखिएको छ। 

मिश्रीमान, केशरमानले नेपाल–अङ्ग्रेज युद्धलाई कलामा उतारेका छन्। ती चित्रहरू सैनिक सङ्ग्रहालय छाउनीमा राखिएका छन्। नेपाली कलामा ‘युद्धकला’ को रचना प्रारम्भ यही युद्धकलाको सिर्जनाबाट भएको मान्न सकिन्छ। २०६१ साल ताका रचना सम्पन्न गरिएका युद्ध सम्बन्धी कलाहरूमा अढाइ सय वर्षअघि तिब्बत र अङ्ग्रेजसँग नेपालले गरेको युद्धको झलक पाइन्छ।

पर्सी ब्राउनले बनाएको चित्र।

यसैबीच नेपाली चित्र कलामा केही विदेशी कलाकारले समेत नेपाली संस्कृति र ऐतिहासिक विषयवस्तुमा आधारित अनेकौँ महत्वपूर्ण सिर्जना गरेका छन्। ती चित्रकलाले नेपालको समृद्ध र गौरवमय सांस्कृतिक धरोहरप्रति नतमस्तक हुन करै लाग्छ। फलतः तिनै कलाकृतिहरू हाम्रा लागि मात्रै नभई विदेशीका लागि पनि नेपालप्रति आकर्षण बढाउने आकर्षक माध्यम बनिरहेको तथ्यलाई बिर्सिन मिल्दैन।

बेलायती कलाकार हेनरी एम्ब्रोस ओल्डफिल्ड (वि.सं. १८७९–१९२८) ले काठमाडौँ उपत्यकाका ग्रामीण बस्तीका साथै मूलतः यहाँका त्यो  समयका जीवन्त र कलाकारी झलक दिने सम्पदाहरूको चित्ररचना गरेका छन्। उनका चित्रहरू नेपालका गहना नै हुन्। उनले १९०७ देखि १९१३ सालको समय अवधिमा नेपाल भ्रमण गर्दा काठमाडौँ उपत्यकाका महत्वपूर्ण दरबार, मन्दिर, स्थानीय जनजीवन तथा ग्रामीण बस्ती आदिलाई उतारेका छन्। 

त्यस्तै अर्का बेलायती कलाकार पर्सी ब्राउन (वि.सं. १९२९–२०१२) ले पनि काठमाडौँ उपत्यकाका सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूलाई कलामा उतारेका छन्। १९६९ सालमा नेपाल आउँदा ब्राउनले बनाएको ललितपुरस्थित दरबारक्षेत्रको सम्पदाबाहेक उनले अरू पनि प्रशस्त चित्रहरू बनाएका छन्।

अर्का कलाकार, लेखक तथा फोटोग्राफरका रूपमा चिनिएका डेस्मन्ड डोइङले पनि २०१७ साल ताका नेपाल भ्रमण गरी यहाँका सम्पदाहरूलाई चित्रकलामा उतारेका थिए। उनले नेपाल सम्बन्धी पुस्तकसमेत लेखेका र तिनमा यहाँका सम्पदा, प्रकृति तथा जनजीवनका विविध रेखाचित्रहरू समावेश गरी नेपाली कलामा ठूलो योगदान दिएका छन्। उनले बनाएका चित्रले त्यो बेलाको काठमाडौँको स्वरूप देखाउँछ। उनका नेपाल सम्बन्धी यिनै चित्रहरूको प्रदर्शनी २०६२ सालमा सिद्धार्थ आर्ट ग्यालरीले आयोजना गरेको थियो।

यसरी नै अर्का विदेशी कलाकार मुरेल ब्राउनले पनि नेपालका सम्पदामाथि सुन्दर सिर्जना गरेका छन्। यी कलाकार १९६९ साल ताका नेपाल आएका थिए। उनले काठमाडौँ उपत्यकाका प्रसिद्ध मठमन्दिरहरूका अनेकौँ चित्ररचना गरेका छन्। 

सिङ्गापुरका प्रसिद्ध कलाकार चान चाङ हाउले नेपाल भ्रमण गर्दा यहाँका विभिन्न स्थानहरूका चित्र जलरङमा उतारेका छन्। जात्रा, मठमन्दिर, जनजीवन तथा ग्रामीण परिवेशलाई सुन्दर स्वरूपमा आकार दिइएका ती चित्रहरूले चालीसको दशकको उपत्यकाका विविध अवस्थालाई दर्शाउँछन्। यसबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई नेपालको ऐतिहासिक, भौगालिक तथा रोचक सांस्कृतिक विविधताप्रति चाख जगाउन सकारात्मक भूमिका खेलेको कुरालाई बिर्सन सकिँदैन। 

अरू पनि धेरै विदेशी कलाकारहरूले नेपालका प्रकृति, जनजीवन, संस्कृति विषयमा कलासिर्जना गरेका छन्। यो खोजीको विषय हुन सक्छ। जे होस्, अधिकांश कलाकारका कलाले त्यो बेलाको काठमाडौँलाई बुझ्‍न सघाउँछ। हामीलाई इतिहासको सजीव स्वरूपको दर्शन गराउँछ। वास्तवमा ती स्वरूप भनेका हाम्रै विगत इतिहासका साक्षात् प्रतिविम्ब हुन्।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध सोमबार, वैशाख २९, २०८२
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव सोमबार, वैशाख २९, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी सोमबार, वैशाख २९, २०८२
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा सोमबार, वैशाख २९, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्