काठमाडौं- नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको ‘एसयूभी स्कोडा कुशाक’को बिक्री सुरू गरेको छ। सुरुआती मूल्य ४९ लाख ९० हजार रूपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ देशभर रहेका स्कोडा सोरूमबाट गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छन्। कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको कम्पनीको दाबी छ।
‘स्कोडा कुशाक हाम्रा लागि निकै महत्त्वपूर्ण छ। कुशाकमार्फत् हामी यो गतिशीलता अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेगमेन्टमा प्रवेश गरेका छौं। यो एसयूभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो। त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयूभी हो,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर-प्रुफ छ। यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो। पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो।’
एमएडब्लुले कुशाकको ‘ओनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्यूनतम ब्याजदर योजनासमेत सार्वजनिक गरेको छ। ग्राहकले ५।९९ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि स्कोडा कुशाक खरिद गर्न सक्नेछन्।
नेपाली बजारमा कुशाकको मूल्य निम्नअनुसार तोकिएको छः
भेरियन्ट मूल्य (नेरु)
एक्टिभ एमटी ४९,९०,०००
एम्बिसन एमटी ५३,९०,०००
एम्बिसन एटी ५८,९०,०००
स्टाइल एमटी ६०,९०,०००
स्टाइल एटी ६५,९०,०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।