काठमाडौं– शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुबैको मूल्य सामान्य बढेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ सय र चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लाे दिन चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा काराेबार भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।