Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायालयमा भ्रष्टाचार : पेसी तोक्दा नै हुन्छ ‘इजलास सेटिङ’

64x64
नेपाल लाइभ बिहीबार, साउन १४, २०७८  १८:१८
1140x725

काठमाडौं– अदालतभित्रको विकृति अध्ययन समितिले मुद्दाको पेसी तोक्ने अहिलेको व्यवस्थाले वेथिति बढेको बताएको छ।   

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश, उच्च अदालतमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा प्रमुख न्यायाधीशले मुद्दाको पेसी तोक्दा वेथिती वढेको समितिको निष्कर्ष छ। 

न्यायपालिकाको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित समितिले हाल चल्तीमा रहेको पेसी तोक्ने व्यवस्थाले इजलास सेटिङ, न्यायाधीश छान्ने र आफूअनुकूल पेसी नपरेमा हटाउनेदेखि स्थगित गर्नेसम्मका कार्य हुने गरेको बताइको छ। 

अदालतमा एक व्यक्तिले मुद्दाको पेसी तोक्दा विचौलियाहरुले खेल्ने ठाउँ पाएको र अनावश्यक चलखेल नै नभएपनि भएको दाबी गर्ने गरेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा विस्तारै देशभरका न्यायालयको पेसी तोक्ने कार्य अटोमेसनमा गर्न सुझाव दिइएको छ। 

पेसी व्यवस्थापनका लागि हाल चल्तीमा रहेको प्रक्रिया र त्यसले निम्त्याएको बेथितिका कारण न्यायालयमा भ्रष्टाचार बढेको गुनासो आएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

'विद्यमान पद्धतिका कारण न्यायपालिकामा विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचार बढेको भन्ने व्यापक गुनासो आएको ,’ प्रतिवेदनमा भनिएको छ, 'विचौलियाहरुले यसमै आफ्नो उपस्थिति देखाउँदै सेवाग्राहीसँग पैसा असुलेको समेतका गुनासो आएका छन् ।’ 

समितिले जिल्ला अदालतमा एउटै न्यायाधीशलाई सुरुदेखि अन्तिमसम्म मुद्दा तोक्ने प्रणाली विकास हुनुपर्ने सुझाव पनि  दिएको छ। सर्वोच्च तथा उच्च अदालतमा इजलास गठन गर्ने र पेसी तोक्ने सम्बन्धमा भइरहेको कानुनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली (अटोमेटेड कजलिष्ट सिस्टम) लागू गर्न समितिले सुझाव दिएको छ।

यो पनि पढ्नुहोस्

न्यायाधीश नै विचौलिया : पत्रकारदेखि वकिलसम्मले गर्छन् न्यायको ‘किनबेच’मा चलखेलबिहीबार, साउन १४, २०७८

त्यसअघि सर्वोच्च र उच्चमा मंसिरदेखि गोलाप्रथाद्वारा पेसी तोक्न समितिको सुझाव छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा नेतृत्वको कार्यदलले पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली अपनाउनुपर्ने सुझाव दिएको थियो। 

‘अहिले तत्कालका लागि पारदर्शी र विश्वसनीय ढङ्गले गोलाप्रथाद्वारा पेसी सूची प्रकाशन गर्नुपर्ने। यसले अनावश्यक खेल्ने ठाउँ दिने छैन,’ समितिको प्रतिवेदनमा भनिएको छ।  

एक घण्टा भित्र पेसी र तारेख 
समितिले अदालत आइपुगेका सेवाग्राहीलाई एक घण्टाभित्रै पेसी र तारेख दिने व्यवस्था मिलाउन सुझाव दिएको छ। सेवाग्राहीले अनावश्यक रुपमा अदालतमा अल्झिरहनु पर्दा अदालतप्रति नकारात्मक सन्देश जाने र उक्त कार्य झन्झटिलो हुँदा विचौलियाको प्रवेश हुने र कर्मचारी स्वयम् समेतले आर्थिक चलखेल गर्ने गरेको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ। 

काम छिटो गराइदिने बहानामासेवाग्राहीसँग कानुन व्यवसायी र कर्मचारीहरुले समेत आर्थिक अनियमितता  गर्ने गरेको समितिले प्रतिवेदनमा औंल्याएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्यायाशीको उपस्थितमा बकपत्र गराउने 
समितिले बकपत्र गराउने कार्य न्यायाधीशको उपस्थितिमा मात्र गराउन सुझाव दिएको छ। बकपत्र फाँटदेखि अन्य स्थानमा हुने गरेको र त्यसले अनियमितता हुने गरेको र सेवाग्राहीलाई दु:ख दिने गरिएको गुनासो बढेको समितिले प्रतिवेदनमा उल्लेख छ। 

जिल्लादेखि सर्वोच्च अदालतसम्म यो कार्य लागू गराउन समितिको प्रतिवेदनमा भनिएको छ।  ‘बकपत्र गराउने कार्यमा सेवाग्राहीलाई दु:ख दिनेदेखि अन्य चलखेलका कुरा आएका छन्। कानुन व्यवसायीहरुले समेत अनावश्यक पैसा माग्ने र आफू मिलाउने भन्दै सेवाग्राहीसँग अर्थ असुल गर्ने गरेको सम्मका कुरा आएका छन्,’ समितिले प्रतिवेदनमा भनेको छ।  

यो पनि पढ्नुहोस्

सर्वोच्चकै अध्ययनको निष्कर्ष- न्यायाधीश नियुक्तिदेखि नै अदालतमा भ्रष्टाचार सुरू हुन्छबिहीबार, साउन १४, २०७८

न्यायाधीश नियुक्तिमा ज्येष्ठता, सक्षम र पारदर्शीता हुनुपर्ने भन्दै समितिले त्यसका लागि  ३ वटा मापदण्ड बनाउन भनेको छ। समितिले व्यक्तिको ज्येष्ठता, सक्षमता र नियुक्ति प्रक्रिया पारदर्शी बनाउन भनेको छ। 

न्यायाधीश नियुक्तिमै पैसा उठाउनेदेखि आफ्ना मान्छे घुसाउनेसम्मका आरोप लाग्ने गरेकाले यसका लागि आवश्यक पारदर्शी प्रक्रिया अपनाउन भनिएको छ। 

अहिले सबैभन्दा धेरै न्यायाधीश नियुक्तिमा सार्वजनिक प्रश्न उठेकाले यसलाई छिट्टै मापदण्ड बनाएर सम्बोधन गर्न भनिएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र पररा... शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्