• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्यायाधीश नै विचौलिया : पत्रकारदेखि वकिलसम्मले गर्छन् न्यायको ‘किनबेच’मा चलखेल

64x64
दुर्गा दुलाल बिहीबार, साउन १४, २०७८  १७:३६
1140x725

काठमाडौं–  अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको सर्वाेच्च अदालतले गठन गरेको एक अध्ययन समितिले निष्कर्ष निकालेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिहीबार बुझाएको विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदनले यस्तो कुरा औंल्याएको हो।

न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा समिति गठन गरि अध्ययन गरिएको थियो। यो अदालतको विकृति खोज्न गठित तेस्रो समिति हो। यसअघि तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्मा  र रामप्रसाद श्रेष्ठ तथा कल्याण श्रेष्ठले पनि समिति गठन गरेका थिए। उक्त समितिका प्रतिवेदनहरु अहिलेसम्म सार्वजनिक भएका छैनन्। 

यसअघि गठन भएका समितिहरुले पनि पूर्वन्यायाधीश, पूर्वकर्मचारी र कानुन व्यवसायीहरु यस्तो विचौलियाको आवरणमा देखिएको उल्लेख गरेका थिए। 

नेपाल बार एशोसिएसनले गरेको अध्ययन प्रतिवेदनमा पनि विचौलियाहरुको बारेमा विस्तृत रुपमा उल्लेख गरेको थियो। पछिल्ल्लोपटक पनि सर्वोच्चले यस्तो समिति बनाउने गरेको थियो। समिति बनाउने तर, प्रतिवेदन थन्काउने हुँदै आएका कारण यी समितिहरुले विचौलिया र अदालतमा हुने भ्रष्टाचार पहिल्याएपनि कारबाही हुने गरेको थिएन। तर, यसपटक कार्यान्वयनमा जाने प्रधानन्यायाधीश राणाले प्रतिवद्धता व्यक्त गरेका छन्। 

अहिलेको समितिले कतिपय न्यायाधीशहरू विचौलियाको भूमिकामा रहेको भनी किटान गरेको छ र त्यस्ता न्यायाधीशमाथि अनुगमन हुनुपर्ने सुझाव दिएको छ।

‘कतिपय न्यायाधीश र कानुन व्यवसायी स्वयं पनि विचौलिया छन्’, समितिको प्रतिवेदनमा भनिएको छ, ‘(तिनको) सूक्ष्म अध्ययन गरिनुपर्छ। कतिपय न्यायाधीशको नातेदारहरुले मुद्दाको किनबेच गर्छन् भन्ने चर्चा हुने गरेको गरेकाले त्यसको पनि खोजविन हुनुपर्ने देखिन्छ।’

कतिपय न्यायाधीशहरूले नै सवारी विचौलिया नियुक्ति गरेका छन् भन्ने सुनिएकाले खोजविन हुनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ। लेखनदासले २५ लाख रुपैयाँ नगद दिएमा मुद्दा मिलाइदिन्छौं भनेका कैयौं उदाहरणहरू भेटिएको भन्दै समितिले कारागारबाट पनि 'पैसा चाहिन्छ, मान्छे छुटाइदिन्छौं' भन्ने गुनासो व्यापक हुने गरेको भनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रमुख विचौलिया कानुन व्यवसायी, हटाउन सुझाव 
समितिले स्थानीय कर्मचारी, न्यायाधीश र कतिपय कानुन व्यवसायी नै विचौलियाको मुख्य भूमिकामा रहेकाले तिनलाई सेवाबाट हटाउनुपर्ने सुझाव दिएको छ। समितिले कानुन व्यवसायीको सहज पहुँच न्यायालयमा रहेकाले प्रमुख विचौलियाको भूमिकामा कानुन व्यवसायी नै रहेको निष्कर्ष निकाल्दै तिनलाई पहिचान गरी कारबाही गरिनुपर्ने नत्र यही आवरणमा न्यायालयको साख गुम्दै जाने सुझावमा उल्लेख गरेको छ।

विचौलिया र न्यायाधीशको बीचमा सम्बन्ध र भेटघाट हुन नदिन न्यायाधीश एवं कर्मचारीहरूलाई सामूहिक आवासको व्यवस्था गर्न समितिले सुझाव दिएको छ।

‘चिया पसलमा समेत अदालतमा विचौलियाको प्रभाव छ भन्ने चर्चा हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पहिचान भएका विचौलियाको नाम र विवरण सार्वजनिक गरिएमा विकृति नियन्त्रण हुनसक्ने देखिन्छ।’

विचौलियाहरूले मुद्दाको पक्षसँग लाभ लिई पीडित र साक्षीलाई प्रतिकूल बकपत्र गराउने प्रवृत्ति देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ। समितिले त्यस्ता व्यक्तिको पहिचान गरी नियन्त्रण गर्नुपर्ने भनेको छ । 

यो पनि पढ्नुहोस्

सर्वोच्चकै अध्ययनको निष्कर्ष- न्यायाधीश नियुक्तिदेखि नै अदालतमा भ्रष्टाचार सुरू हुन्छबिहीबार, साउन १४, २०७८

पत्रकार पनि विचौलियाको भूमिकामा 
समितिले केही पत्रकार पनि विचौलियाको भूमिकामा देखिएको आरोप लगाएको छ। ‘पत्रकार, राजनीतिकर्मी, एनजीओकर्मी, समाजसेवीले विचौलियाको काम गरिरहेका देखिन्छन्’, प्रतिवेदनमा भनिएको छ, ‘तिनिहरूलाई न्यायाधीशसँग सिधै भेटघाट गर्नबाट रोक्नुपर्छ।’

विचौलियाहरुले मुद्दामा दुवै पक्षसँग पैसा असुल गर्ने, जित्ने पक्षको खाने र हार्नेलाई फिर्ता गर्नेसम्मका कार्य गरेको प्रतिवेदनमा उल्लेख छ। विचौलियाले मुद्दामा पक्षले सफाइ पाउने अवस्थामा पनि पैसा खाएर सफाइ पाएको गलत सन्देश प्रवाह गरिरहेको प्रतिवेदनमा उल्लेख छ। यसलाई रोक्न र यसको उपचार तत्काल थाल्न समितिले भनेको छ। 

जेथा जमानतमा उस्तै विचौलिया 
धरौटी राख्ने जेथामा पनि विचौलियाहरु हाबी हुन थालेको प्रतिवेदनमा उल्लेख छ। विशेष अदालतदेखि जिल्ला र सर्वोच्चसम्म यस्ता कार्य हुने गरेको प्रतिवेदनमा उल्लेख छ। 

प्रहरी कर्मचारी, कानुन व्यवसायी, जेथा जमानतका दलाल लगायतले विचौलियाको भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ। ‘गाउँघरका टाठाबाठाले लाग्ने भन्दा बढी रकम लिने गरेका कारण अदालतको छवि बिग्रेको छ, पहिचान गरी कारबाही गर्न सक्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ, ‘कति लाग्छ भनेर थाहा नपाउने यो समूहलाई लक्षित गरि विचौलियाले पैसा असुल गर्दा न्याय महंगो भएको छ र न्यायालयको पनि साख गुमेको छ।’

स्वयंसेवी खटाउन सुझाव 
विचौलियालाई अदालत प्रवेशमा रोक लगाउन र सेवाग्राहीको सहजताका लागि परिचयपत्र र पोशाकसहितको स्वयंसेवी कर्मचारी खटाउनुपर्ने सुझाव समितिले दिएको छ।

न्यायाधीश र कर्मचारीहरूको सरुवा, काज एवम् कारबाहीका क्रममा स्पष्ट मापदण्ड नबनाएको तथा भेदभाव गरिएका कारण पनि इमान्दार र नैतिकवान न्यायिक जनशक्तिमा निराशा पैदा भएको प्रतिवेदनमा उल्लेख  छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनक... सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित विभागले सोमबार सूचना जारी गर्दै बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवा... सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल सोमबार न्यूयोर्क आइपुगेका हुन्। उनलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्