काठमाडौं– झण्डै १६ महिनादेखि सुनसान बनेका हल खुलाउन फिल्मी संगठनहरूले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मदुसदन प्रधान, नायक भुवम केसी, निर्देशन उदय सुब्बा लगायतको टोलीले अर्थमन्त्राय पुगेर ज्ञापनपत्र बुझाएको हो। टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेर थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको छ।
कोरोनाले थला परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीतिमा तीन वर्षपछिबाट मात्रै साँवा ब्याज बुझाउने गरि ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्न टोलीले माग गरेको छ। साथै २०७७ सालको मौद्रिक नीतिमा जस्तै यो वर्षपनि फिल्मलाई अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा राख्न माग गरेको छ।
ज्ञापनपत्रमा फिल्म निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न पनि माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।