भारत- बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्रा प्रकरणमा नयाँ घटनाक्रम विकास भइरहेका छन्। यतिबेला नायिका तथा मोडल शर्लिन चोपडाले मुम्बइ क्राइम ब्रान्चलाई दिएको बयानले चर्चा पाइरहेको छ।
प्रहरी बयानमा चोपडाले कुन्द्रा श्रीमती शिल्पा शेट्टीसँग खुशी नभएको बताएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन्। उनले कुन्द्रामाथी 'सेक्सुअल ह्यारेसमेन्ट'को आरोपसमेत लगाएकी छन्। कुन्द्राले अधिकांश मोडलहरुलाई अश्लिल फिल्म बनाउन दबाब दिने गरेको उनले आरोप लगाएकी छन्।
शर्लिनले कुन्द्राले आफूमाथी जबरजस्ती चुम्बन गर्न खोजेको आरोपसमेत लगाएकी छन्। सन् २०१९ मार्च २७ गते एक बिजनेश मिटिङ भएको थियो। उक्त मिटिङका क्रममा भएको बहसलाई लिएर राज बिना जानकारी शर्लिनको घरमा पुगेको र चुम्बन गर्न खोजेको आरोप उनले बयानमा बताएकी हुन्।
कुन्द्रा बिबाहित पुरुष भएकाले सम्बन्ध राख्न नसक्ने जवाफ दिएको बयानका क्रममा शर्लिनले बताएकी छन्। शिल्पासँग सम्बन्ध नराम्रो भएको कुरा भने प्रहरीकै अगाडि शिल्पा र राजको झगडालेसमेत पुष्टि गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
कुन्द्रालाई अदालतले १४ दिन न्यायीक हिरासतमा राख्न आदेश दिएको छ। साथै, उनले जमानतका लागि गरेको आग्रहलाईसमेत अदालतले खारेज गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।