काठमाडौं- गाइजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकारको व्यस्तता बढेको छ। यही अवसर पारेर हाँस्य कलाकार शिव शंकर रिजाल 'जोगिन्दर'ले गाइजात्रे कोशेली सार्वजनिक गरेका छन्। उनले बकम्फुसाय नमः नाममा रमाइलो गाइजात्राा खुराक सार्वजनिक गरेका हुन्।
उनले गाइजात्रामा देशको राजनितीक अवस्थामाथि तिखो व्यंग्य प्रहार गरेका छन्। प्रहसनको केन्द्रविन्दुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छन्। गाइजात्रामा एउटा प्यारोडी गीत र बाँकी प्रहसन नै छ।
वास्तविक नाम भन्दा जोगिन्दरको नामले धेरै चिनिएका उनले दुई दशकदेखि लगातार गाइजात्रे प्रहसन सार्वजनिक गर्ने गरेका छन्। यो उनको २०औं प्रहसन हो। गएको वर्ष भने उनले लकडाउन नामको गाइजात्रे कोशिली ल्याएका थिए।
युट्युबमा सार्वजनिक गरिएको प्रहसनमा जोगिन्दरको अलवा दमन रुपाखेती, शशी विक्रम थापा, घनश्याम गौतम लगायतको अभिनय रहेको छ। गायिका राधिका हमाल समेत भिडियोमा राष्ट्रपतिको भूमिकामा देखिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।