हेटौंडा- प्रधानमन्त्री केपी ओलीले नयाँ उचाइमा छिमकीसँग सम्बन्ध सुधारिएको बताएका छन्।
प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै ओलीले छिमेकी राष्ट्रसँग अनुचित कुनै पनि सम्झौता नभएको बताए। सार्वभौम समानताका साथ नै सम्बन्ध उठाएको ओलीको भनाइ छ। राष्ट्रियताको महत्व, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाभिमानको रक्षा छोड्न नसक्ने नेपाली मान्यता रहेको उनले बताए।
बिग्रिएको छिमेकीसँगको सम्बन्ध नयाँ परिभाषासहित सुधारिएको उनको दाबी छ। 'झुकेर कुनै सम्झौता भएको छैन,' उनले भने, 'प्रधानमन्त्री पहिले कहाँ गयो, मुख्य प्रश्न होइन। राष्ट्रिय हित भयो कि भएन, त्यो मुख्य कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।