• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले प्रवेश गरेका माओवादी नेताहरुमा छटपटाहट

64x64
वीरेन्द्र ओली बुधबार, साउन १३, २०७८  २२:२७
1140x725

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कतिपय मन्त्रीहरुले राजीनामा दिए। तर, केही दिनमै तत्कालीन नेकपामा रहेका माओवादी खेमाका नेताहरु भने लाइन लागेर मन्त्री बन्न गए। त्यतिबेला ओलीलाई बढीभन्दा बढी नेता तथा सांसद्हरुको साथ चाहिएको थियो। त्यसैले उनले माओवादी खेमाका नेताहरुलाई अस्वभाविक रुपमा प्राथमिकता दिए। त्यतिबेला माओवादी खेमाबाट मन्त्री बन्नेमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर थारु, दावा लामा थिए। त्यसअघि नै माओवादी 'कोटा'बाट बनिसकेकामध्ये रामबहादुर थापा बादल र लेखराज भट्टले भने ओलीलाई नै साथ दिइरहेका थिए। 

दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रयास पनि असफल भएपछि ओलीले पद गुमाए। यतिबेला उनी पार्टीको आन्तरिक किचलोमा फसेका छन्। सत्ता पनि गुमेको र पार्टीभित्र पनि गम्भीर विभाजन सिर्जना भएको अवस्थामा ओली शक्तिहीन भएका छन्। एमालेको आन्तरिक किचलो उत्कर्षमा पुग्दा माओवादी त्यागेर ओलीलाई साथ दिँदै एमाले प्रवेश गरेका नेताहरुप्रति बेवास्ता बढ्दो छ। जसका कारण ती नेताहरुमा छटफटाहट सिर्जना हुन थालेको छ।

माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुमा बादल चुपचाप नै देखिन्छन्। तर, अन्य नेताहरु भने निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म धाउन थालेका छन्। साथै, असंगत धारणाहरु राख्न थालेका छन्। उनीहरुको यस्तो अवस्थाका विषयमा सामाजिक सञ्जालमा व्यंग्य हुन थालेको छ। माओवादीका नेताहरु भने चकित पर्न थालेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभा पुन:स्थापना भएकाले सर्वोच्च आयौं, प्रचण्डले एमाले भएको भनेर हुँदैन- प्रभु साहबुधबार, साउन १३, २०७८

एमाले प्रवेश गरेका कतिपय नेताहरुको नेतृत्वमा केही समयअघि माओवादी अवैधानिक दल भएको भन्दै निर्वाचन आयोगमा उजुरी गरिएको थियो। फेरि बुधबार मात्रै उनीहरुले आफूहरु माओवादी केन्द्रमै भएको भन्दै आफ्नो सांसद् पद कायम राख्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट दायर गर्नेमा रायमाझी, भट्ट, साह र चौधरी छन्।

एमालेमा बस्न असहज महसुस गरेपछि एक समय एमाले प्रवेश गरेका केही पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र नै फर्किन जोडबल गरेका थिए। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खासै महत्त्व दिएनन्। यतिबेला एमालेको आन्तरिक एकताको प्रयास चलिरहेका बेला आफूलाई दलविहीन महसुस गर्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म दौडधुप गरिरहेका छन्।

गत असार २७ गते माओवादी केन्द्र अवैधानिक भएको भन्दै उनीहरु निर्वाचन आयोग पुगेका थिए। निर्वाचन आयोगले उनीहरुको निवेदन खारेज गर्दै सो पार्टी वैधानिक भएको फैसला गरेको थियो। त्यसपछि नेताहरु अदालत पुगेका हुन्।

उनीहरुको गतिविधिलाई एमालेमा बस्न नसक्ने र माओवादी केन्द्रमा फर्किन नैतिकताले नदिने भएपछिको हर्कतको रुपमा अर्थ्याउँछन्, माओवादीका नेताहरु। उनीहरुले एमाले भएपछि एमाले नै भएर बस्न उपयुक्त हुने माओवादी केन्द्रका नेताहरुको सुझाव छ। 

यो पनि पढ्नुहोस्

टोपबहादुर रायमाझीको जिकिर– एमाले प्रवेश गरेको छैन, म माओवादीमै छुबुधबार, साउन १३, २०७८

एमालेसँगको एकताअघि माओवादीका तर्फबाट पटक-पटक लाभको पद लिएका उनीहरुले नेकपा बनेपछि भने ओलीलाई साथ दिएका थिए। प्रतिनिधि सभा विघटन गर्ने ओलीका कदमलाई ती नेताले दृढ भएर साथ दिए। अर्कोतिर, प्रचण्ड राष्ट्रिय समस्या भएको भन्दै 'प्रचण्डमुक्त देश बनाउनुपर्ने' भन्नेसम्मका अभिव्यक्ति दिन थालेका थिए। आफू निकट ठानेका नेताहरुको व्यवहारबाट दिक्क भएका प्रचण्डले उनीहरुलाई पार्टीमा भित्र्याउन पनि बेवास्ता गरेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीमा पटक-पटक अवसर
तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको निर्णयलाई समर्थन जनाउँदै पुस १० गते टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर थारु, मणि थापा, दावा तामाङ मन्त्री बने। रायमाझीले उर्जा, साहले सहरी विकास, थारुले श्रम, थापाले खानोपानी र तामाङले खेलकुद मन्त्रीको जिम्मेवारी पाए। बादल पहिले नै गृहमन्त्री थिए। उनले नेकपाको आन्तरिक विवादमा ओलीलाई साथ दिएका थिए। लेखराज भट्ट २०७६ मंसिर ४ मा उद्योग मन्त्री बनेका थिए। उनी पनि सरकारमा गएपछि ओलीनिकट भएका थिए।

बादलले प्रचण्ड २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा रक्षा मन्त्रीको जिम्मेवारी पाएका थिए। उनकै कारण तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालसँग सरकारको असमझदारी बढेको थियो। जसकारण प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपरेको थियो।

माओवादी विभाजनमा बादल मोहन वैद्यतिर लागेका थिए। २०७३ सालमा पुन: प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किए। राष्ट्रिय सभामा निर्वाचित भए। र, गृहमन्त्री भए।

रायमाझी माओवादीमा बढी अवसर पाउने नेतामा पर्छन्। माओवादीमा बाबुराम भट्टराई निकट भएर उपप्रधानमन्त्रीसहित चारपटक मन्त्री भइसकेका नेता हुन् उनी । संसदीय दलको ‍उपनेता पनि बनेका छन्। बाबुरामले माओवादी छाडेपछि केपी ओली नेतृत्वको पहिलो सरकारमा उनले उपप्रधानसहित उर्जा मन्त्रीको जिम्मेवारी पाएका थिए।

माओवादीमा धेरै अवसर पाउने अर्का नेता प्रभु साह समेत हुन। उनी पनि बाबुराम भट्टराई निकट मानिन्थे। तर, बाबुराम बाहिरिएपछि प्रचण्डसँगै बसे। साह तीन पटक सांसद र तीन पटक मन्त्री बनिसकेका छन्। संसदीय समितिमा २ पटक नेतृत्व गरिसकेका छन्। पुस ५ को कदमपछि ओलीनिकट भइ मन्त्री बनेका उनले प्रदेश २ का प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उप्रपमुखहरुलाई एमाले बनाउन भूमिका खेलेका थिए। पछिल्लो समय साहले आफू एमाले नभएको र नेकपा भनेर ओली पक्षमा गएको बताउने गरेका छन्।

लेखराज भट्ट पनि पटकपटक मन्त्री भइसकेका छन्। प्रचण्ड नेतृत्वको पहिलो सरकारमा श्रम तथा यातायात र बाबुराम भट्टराई नेतृत्वको सरकारमा उद्योग मन्त्रालयको जिम्मेवारी पाएका भट्टले ओली नेतृत्वको सरकारमा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका थिए। गौरीशंकर थारु, मणि थापा र दावा तामाङ भने पार्टीमा कम अवसर पाउने नेतामा पर्छन्।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने... शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर... शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार, जेठ १५, २०८३
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्