काठमाडौं- एमाले प्रवेश गर्दै शहरी विकास मन्त्रीसमेत भएका प्रभु साहले आफूलाई कारबाही गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्।
सर्वोच्च अदालतमा मंगलबार रिट दायर गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम बदर हुने र प्रतिनिधि सभा विघटन हुने क्रम चलिरहँदा अदालत आउन नपाएको अब पुन: स्थापना भएकाले आएको जिकिर गरेका छन्।
साहले निर्वाचनमा एमाले र माओवादीको साझा घोषणापत्रको आधारमा लडेर निर्वाचित भएको र पछि नेकपा पार्टीमा रुपान्तरण भएकाले यस्तो कारबाही गलत भएको जिकिर गरेका छन्। आफूसहित अरु नेतालाई गरिएको कारबाही राजनीतिक दल सम्वन्धी ऐन विपरित भएकाले तत्काल अन्तरिम आदेश जारी गरि संसद पदमा पुर्नबहाली गर्नसमेत उनले माग गरेका छन्।
आफूहरु अहिलेसम्म एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'ले नै घोषणा गरेर कारवाही गरेको जिकिर गरेका छन्। अर्को पार्टीमा प्रवेश गर्ने र सदस्यता लिनेसम्मका कार्य नगरेको अवस्थामा प्रचण्डलेनै एमाले भएको भनि आफैं निर्णय गरेर स्पष्टीकरण सोध्दै हटाएको उनले रिटमा जिकर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।